arrow

नेपाल र भारतबीच हुलाकी मार्गदेखि पुन: निर्माणसम्म तीन विषयमा सम्झौता

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
Agriment-between-Nepal-india.jpeg
काठमाडौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच  तीन बुँदामा सम्झौता भएको छ । प्रधानमन्त्री दाहाल र समकक्षी मोदीको उपस्तिथिमा बसेको बैठकमा उक्त सम्झौता भएको हो । 
 
उनीहरुबीच भएको पहिलो सम्झौतामा हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलट्यान्सी सर्भिसकव विषाय उल्लेख छ । 
 
त्यस्तैऽ दोस्रो सम्झौतामा भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋणको विषाय समेटिएको छ भने तेस्रो सम्झौतामा दुई देशबीच भूकम्पपछिको पुनर्निर्माणका लागि ७ सय ५० मिलियन डलर सहुलियत पूर्ण ऋण दिनेकुरा उल्लेख भएको छ । 
 
प्रधानमन्त्री दाहाल र मोदीबीच शुक्रवार हैदराबाद हाउसको डेकन स्विटमा उक्त सम्झौता भएको हो । 
 
प्रधानमन्त्री दाहालले आजै भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी तथा सरकारका वरिष्ठ मन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ