arrow

राष्ट्रिय यूवा अभियानको प्रथम महाधिबेशन फागुनमा

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
youth-baburam-naya-sakti.jpeg
काठमाण्डौ। नयाँ शक्ति पार्टी, नेपालको यूवा भातृ संगठन् राष्ट्रिय यूवा अभियानले आफ्नो प्रथम महाधिबेशन आगामी फागुनमा गर्ने घोषणा गरेको छ। 
 
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा अभियानले पत्रकार सम्मेलन गरेर भदौ २७ र २८ गते बसेको बैठकले ६ बुँदे निर्णण पारित गर्दै प्रथम सम्मेलन आगामी फागुन १९, २० र २१ गते सम्पन्न गर्ने जनाएको छ।
 
कार्यक्रममा बोल्दै अभियानका संयोजक कमल शाहीले भने “देश व्यापि ३० हजार सदस्यता वितरण गर्ने, असोज १ गते देखि १५ गते सम्ममा प्रथम अधिवेशन आयोजक समितीको बैठक सम्मपन्न गर्ने, जिल्ला नगर, गाउँ पालिका, प्रारम्भिक समितीहरूको अधिवेशन कार्तिक १ देखि कार्तिक मशान्तसम्म सम्पन्न गर्ने लगायतका निर्णय पारित गरेका छौ, तोकिएकै समयमा हाम्रो महाधिबेशन सम्पन्न हुन्छ।”
 
अर्को प्रसँगमा उनले भने “विकास, समृद्धि र सुशासनको लागि राष्ट्रिय यूवा अभियानलाई वैकल्पिक राजनीतिक पार्टीको भातृ संगठन बनाउने हाम्रो चाहना छ, यसमा जनताको सद्भाव रहने विश्वास पनि लिएको छु।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ