काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वको अवसरमा एनसेल मेलाको आयोजना गर्ने भएको छ । एनसेलले शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने लागेको हो ।
पाँच शहरमा आयोजना गर्ने एनसेल मेला बिहीबार नारायणगढको नारायणी किनारबाट सुरु भएको छ । कार्यक्रममा कक्सर्ट सहित अन्य प्रस्तुति देखाइनेछ ।
कार्यक्ममा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका विषेश आकर्षणहरु रहने छन् । मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुती रहने छ । साथै एक्स व्याण्ड, कार्टुन्ज क्रु र युभि एन्जल्स्को प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्ने कम्पनीले जनाएको छ ।
“पर्यटकीय नगरी पोखरामा एनसेल मेला मार्फत नजिकिदै गरेको चाडपर्वको अवसरमा खुसीयाली साट्न तथा आफेना ग्राहकहरुसँग शुभकामना आदानप्रदान गर्न हामी उत्साहित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यो मेलाले सबैलाई खुसी बाँड्ने र परिवारजन, आफन्त र साथीभाईसँग नजिक रहन थप उर्जा प्रदान गर्ने कुरामा विश्वस्त छौ । ”
नारायणघाट बाट सुरु भएको एनसेल मेला असोज ३ गते बुटवल, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना हुने कम्पनीले जनाएको छ ।