arrow

चीनसँग झडप बढ्दा अरुणाचलमा सत्र सय किलोमिटर राजमार्ग बनाउँदै भारत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
india-china-friendship.jpg

काठमाडौं । भारतले अरुणाचल प्रदेशमा नयाँ राजमार्ग निर्माण गर्ने योजना बनाएको छ, जुन भारत-तिब्बत-चीन-म्यानमार सीमाना नजिक हुने टाइम्स अफ इन्डियाले जनाएको छ ।

'फ्रन्टियर हाइवे' भनिने १ हजार ७ सय ४८ किलोमिटर लामो दुई लेनको सडक सडक यातायात मन्त्रालयले निर्माण गर्ने बताइएको छ । चीनको लगातारको घुसपैठको प्रयासका बेला यो राजमार्ग निर्माणको योजनलाई रणनीतिक महत्त्वका साथ हेरिएको छ ।

राजमार्ग एनएच-९१३ का रूपमा तोकिएको छ र यो हालै केन्द्र सरकारद्वारा अधिसूचित गरिएको सबैभन्दा लामो राजमार्ग हो । यसले सुरक्षा बल र उपकरणहरूलाई सीमामा सहज रूपमा आवतजावत गर्न मद्दत गर्नेछ र सीमा क्षेत्रबाट आप्रवासीहरूको प्रवेश रोक्न पनि लक्ष्य राख्दछ।

डिसेम्बर ९ मा उत्तरपूर्वी भारतको अरुणाचल प्रदेशको तवाङ सेक्टरमा वास्तविक नियन्त्रण रेखा अथवा लाइन अफ एक्च्युअल कन्ट्रोल (एलएसी)मा भारतीय र चिनियाँ सेनाबीच भएको झडपले भारतमा कडा राजनीतिक प्रतिक्रिया उत्पन्न गरेको छ। 

भारतीय वायुसेनाले अरुणाचल प्रदेशमा बढाइएको चिनियाँ हवाई गतिविधि पत्ता लगाएपछि सक्रिय लडाई गस्ती सुरु गरेको छ। लडाकु विमानहरू हालैका हप्ताहरूमा चीनलाई विफल पार्न दुई-तीन पटक स्क्र्याम्बल गर्नुपरेको थियो।

यो राजमार्गको सुरुवाती बिन्दु बोमडिला हुनेछ, त्यसपछि यो भारत-तिब्बत सीमाको सबैभन्दा नजिकको क्षेत्र नाफ्रा, हुरी र मोनिगोङ हुँदै जानेछ। चीनको सिमानाको सबैभन्दा नजिकको बिन्दु जिडो र चेन्क्वेन्टी नजिकको क्षेत्रलाई पनि राजमार्गले जोड्ने छ । यो भारत म्यानमार सीमा नजिक विजयनगरमा समाप्त हुनेछ।

सडक यातायात मन्त्री नितिन गडकरीले यो परियोजनामा ​​करिब २७ हजार करोड रुपैयाँ लाग्ने अनुमान गरेका छन् । तर, सरकारले लागत घटाउने उपाय खोजिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ