arrow

मेस्सीले पाए वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
messi-2022-12-20.jpg

काठमाडौं । अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाउन सफल कप्तान लियोनल मेस्सीले बीबीसी स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड प्राप्त गरेका छन् ।

बेलायती मिडिया बीबीसीले मेस्सीलाई २०२२ को यो अवार्ड प्रदान गरेको हो । ३५ वर्षीय मेस्सीले आइतबार राति भएको कतार विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएका थिए ।  

अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाउन सफल मेस्सी कतार विश्वकपका सर्वोत्कृष्ट खेलाडीसमेत बनेका छन् । उनले गोल्डेन बल पाएका छन् । उनले यसअघि सन् २०१४ को विश्वकपमा पनि गोल्डेन बल पाएका थिए । दुई पटक गोल्डेन बल पाउने उनी एक्ला खेलाडी हुन् ।

 सात गोलसमेत गरेका मेस्सीले अहिलेसम्मकै सर्वाधिक २६ विश्वकपका खेल खेलेका छन् । 

सात पटकका बालेन डे’ओर विजेता मेस्सी आफ्नो पुस्ताका सर्वकालीन महान् खेलाडीसमेत बन्न सफल भएका छन् । 

उनले यो विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने भनी फाइनलमा पुगेपछि घोषणा गरेको भए पनि उपाधि जितेपछि भने केही समय आफूले विश्वकपको आनन्द लिने बताएर तत्काल संन्यास नलिने संकेत गरेका छन् । 

मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । यसअघि १३ वर्षको उमेरदेखि २० वर्षसम्म स्पेनिश क्लब बार्सिलोनाबाट उनी खेल्दै आएका थिए । 



नयाँ