arrow

वायुसेवा निगममा एमाले निकट कर्मचारी सङ्गठन विजयी

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
NAC.JPG.jpeg
काठमाडौँ । नेपाल वायुसेवा निगममा पहिलो पटक भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल वायुसेवा निगम कर्मचारी सङ्गठन विजयी भएको छ । 
 
सङ्गठनले कुल ६९९ मतमध्ये ३४१ तथा निगम कर्मचारी सङ्घले २४१ र निगम नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले १०८ मत ल्याएको निर्वाचन समितिका संयोजक जीवनकुमार भट्टराईले जानकारी दिए । 
 
दुई वर्ष कार्यकाल रहने सो ट्रेड युनियन २१ सदस्यीय कार्यसमितिको हुने छ । संयोजक भट्टराईका अनुसार पहिलो हुने सङ्गठनले नै अध्यक्षसहित सबै कार्यसमिति बनाउने छ । “हाम्रो ऐनमा व्यवस्था भएअनुसार पहिलो हुनेले सबै कार्यसमिति एकलौटी बनाउने पाउने व्यवस्था छ” उनले भने – “त्यसैले सङ्गठनले सबै कार्यसमिति आफैँ बनाउन पाउँछ ।” रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ