arrow

देउवा र बाबुरामबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
deuba-baburam.jpg

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार मध्यान्ह भेटघाट भएको हो । 

भेटको क्रममा भट्टराईले आफूहरू पनि सत्ता गठबन्धनअन्तर्गत नै रहेकाले नयाँ सरकार गठन र शक्ति बाँडफाँडमा समेट्न प्रस्ताव गरेका छन् । यस विषयमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको भनाइ छ । 

भट्टराईले पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्ने बताउँदै आएका छन् । आफूलाई भने राष्ट्रपति मागिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ