arrow

ओली निवासमा बसेको एमाले सचिवालय बैठकले के गर्‍यो निर्णय ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
balkot-oli-home-uml-meet.jpg

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले सरकार गठनका बिषयमा छलफल गरेको छ । अध्यक्ष ओलीले सरकारका लागि एमालेले मरिहत्ते नगर्ने बताएका छन् । वर्तमान सत्ता गठबन्धन टुटेको अवस्थामा मात्रै एमालेले सरकार गठनका बारेमा छलफल गर्ने बैठकले निर्णय गरेको बताइएको छ । 

एमालेले जनताले दिएको जनदेशलाई कदर गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । बैठकले निर्वाचनको जनादेश अनुसार पार्टीले भूमिका निर्वाह गर्दै अगाडि बढ्ने निर्णय गरेको ओलीको सचिवालयले जानकारी दिएको छ । 

बैठकमा वर्तमान राजनीतिक परिवेश र समसामयिक राजनीतिक विषयमा छलफल गर्दै पार्टी अबको दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा पार्टी अध्यक्ष ओलीलाई जिम्मेवारी दिने निर्णयसमेत भएको बताइएको छ । 
 



नयाँ