arrow

बालकोट बैठक सकियो, उपेन्द्रले डाके बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
balkpt-meet(1).jpg

काठमाडौं । बालकोटमा जारी बैठक सकिएको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।  

बैठकमा साढे दुई वर्षका लागि  प्रचण्डलाई  प्रधानमन्त्री बनाउने सहमति भएको बताइएको छ । यद्यपि बैठकको आधिकारिक जानकारी बाहिर आएको छैन ।

यता जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टी बैठक बोलाएका छन्  । यसअघि  राष्ट्रिय परिषद् अध्यक्ष अशोक राई बालकोटबाट पार्टीभित्र आन्तरिक छलफल पछि निष्कर्षमा पुग्न सकिने भनेर बाहिरिएका थिए।

अब नेकपा एमाले,  माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र जनमत पार्टी  मिलेर सरकार बन्नेछ ।  बालकोटबाट ओली शीतलनिवासका लागि निस्कने तयारीमा छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ