काठमाडौं । दशैंमा यात्रुहरूलाई अग्रिम टिकट बुकिङ गर्ने कि नगर्ने भन्ने विषयमा आईतबार छलफल हुने भएको छ । आईतबार यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभागबीच छलफल गरेर मात्रै यस विषयमा निर्णय गरिने यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
शनिबार हाम्रा कुरासँग कुरा गर्दै महासचिव सिटौलाले भने ‘यनत्रुहरूलाई कसरी सहजै टिकट दिलाउन सकिन्छ र कहिलेदेखि कहाँबाट व्यवस्थित रूपमा टिकट दिने भन्ने विषयमा आईतबारको बैठक पछि मात्रै निर्णय गरिने छ ।’