एजेन्सी । बलिउडका बादशाह अमिताभ बच्चन र गान्धी परिवार बिचको सम्बन्धको निकै चर्चा हुने गरेको छ । सन् १९९० पछि दुबै परिवारको सम्बन्धमा दरार आएको अन्तराष्ट्रिय संञ्चार माध्यमले बताउदै आएका छन् ।
शुक्रबार साझ नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा अभिताभले गान्धी परिवारसँगको सम्बन्धको बारेमा बोलाका छन् । अमिताभले भने , "बच्चन-गान्धी परिवारको सम्बन्ध समाप्त भएको छैन । हाम्रो परिवारमा मित्रता कायमै छ ।"
अमिताभका अनुसार , "मैले राजनीतिको यात्रा कमै गरेको छु । मैले इलाहाबादका जनतासँग गरेको बाचा पुरा गर्न सकिन मलाई यस कुराको सधै अफसोच रहनेछ ।"
अमिताभले भने,"जति मेरो क्षमता थियो , मैले बाचा पुरा गर्न भरपुर प्रयत्न गरे । तर मलाई थाहा छ इलाहाबादका जनताले मलाई कहिले माफि गर्ने छैनन् ।"
अमिताभ राजनीतिमा सोच बुझका साथ आएका थिए । अमिताभ भन्छन् , " मलाई लाग्छ त्यो एक भावनात्मक निर्णय थियो । म त्यहाँ गएर राजीवलाई सहयोग गर्न चाहान्थे । तर पछि त्यो भावनाको राजनितिमा ठाउ नहुने महसुस गरे । मलाई लाग्यो म राजनीति गर्न लायक छैन , त्यसैले मैले राजनीति छोडे ।"
अमिताभले साथि तथा पूर्व भारतिय प्रधानमन्त्री राजीव गांधीको आग्रहमा सन् १९८४ मा इलाहाबादबाट लोकसभा चुनाव लडेका थिए । त्यस समय अमिताभले हेमवतीनन्दन बहुगुणालाई ठुलो मतान्तरले हराएका थिए । तर ३ बर्ष पछि उनले लोकसभाबाट राजिनामा दिए।
राजनीति छोडे पछि पनि दुई परिवारको सम्बन्ध राम्रै रहेको अमिताभलाई लाग्छ । अमिताभले भने , " मलाई लाग्दैन कि राजनीतिबाट म बाहिर आएको असर हाम्रो मित्रतामा पर्यो । हाम्रो मित्रता खत्म भएको छैन ।'
अमिताभका अनुसार , " म कलाकार हु । दर्शक मलाई माया गर्छन् । मलाई त्यस बापत केहि दिनु छ । जब म राजनीतिमा हुन्छु तब त्यहा जनतालाई माया लगायत अन्य पनि दिनुपर्ने हुन्छ ।"