arrow

कांग्रेस बागमती संसदीय दलको निर्वाचन जारी

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ पुष १३ बुधबार
indra-baniya-bahadur-singh-lama-bagmati.jpg

हेटौंडा । हेटौंडामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन शुरु भएको छ । प्रदेश सभा परिसरमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन भइरहेको हो । 

चुनावको लागि हालका सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामा प्रतिस्पर्धामा छन् । लामा र बानियाँ दुवै सस्थापन पक्षका हुन् ।

बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा खबाट निर्वाचित हुन भने लामा नुवाकोट क्षेत्र नम्बर २ को ख बाट निर्वाचित सांसद हुन् । बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसद रहेका छन् । निर्वाचन जित्न १९ मत आवश्यक पर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ