arrow

कांग्रेस संसदीय दलको निर्णय

सहकारी प्रकरणमा कांग्रेस पछि नहट्ने, रविमाथि छानबिन समिति बन्नैपर्ने [भिडियो]

संसदका बैठक प्रभावित भए सरकारले जिम्मा लिनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
ramesh-lekhak-01-28.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने अडान कायमै राखेको छ । 

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा सम्पन्न पार्टी संसदीय दलको बैठकले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीको विषय थप पुष्टि भएको दाबी गर्दै त्यसको छानबिनका लागि सरकार र सत्तापक्ष सहमत नभए संसद बैठक चल्न दिन नसकिने पुरानै अडान यथावत् राखेको हो ।

आफूहरूको उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरण आधारभूत र अनिवार्य माग बनिसकेकाले त्यसको सम्बोधन नभई सदन अघि बढाउन नसकिने निर्णय संसदीय दलको बैठकले गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले त्यसलाई सम्बोधन गर्न तयार भएन र सदनको बैठक प्रभावित भए भने त्यसको जिम्मा सरकारले लिनुपर्ने चेतावनी समेत दिए ।

उनले भने,‘संसदीय छानबिन समितिको आवश्यकता थप पुष्टि भइसकेको छ । यसको औचित्य र अनिवार्यता स्थापित भइसकेको छ । संसदीय छानबिन समिति हाम्रो बटमलाईन हो । हाम्रो आधारभूत कुरा हो । हामीले त्यो कुरालाई आज पनि बैठकबाट निर्णय गरिसकेका छौं । यदि त्यो कुरा गर्नका लागि सरकार सकारात्मक भएन । सत्तापक्षले विपक्षले मागलाई जुन औचित्यपूर्ण छ, अर्थपूर्ण छ । र स्थापित भइसकेको छ नेपाली जनताको बीचमा । त्यसलाई सम्बोधन गर्न तयार भएन भने सदनको बैठक प्रभावित भए भने त्यसको जिम्मा सरकारले लिनुपर्छ भनेर हामीले निर्णय गरिसकेका छौं । त्यसो हुनाले अब सदनका बोल्नका को, कोले माग गर्नुहुन्छ, को को सदनमा बोल्न आउनु हुन्छ ? हामी आफ्ना कुरा राख्छौँ । त्यसपछि को बोल्ने, नबोल्ने भन्ने कुरा पछि हुन्छन् । हाम्रो पहिलो कुरा भनेको हामी हाम्रो आधारभूत माग, भनाई त्यो हाम्रो पनि होइन, अव नेपाली जनताको आधारभूत मान्यता, धारणा भइसकेको छ । संसदीय छानबिन समिति गठन भएन भने त्यस कारणले यदि सदन अवरोध भयो, सदनका बैठक प्रभावित भए भने त्यसको जिम्मा सरकारले लिनुपर्छ । अब बोल्न त्यहाँ को को आउनु हुन्छ, त्यसको आधारमा भर पर्छ । यदि कुनै बैठक अवरोध भयो भने त्यसको जिम्मा सरकारले लिनुपर्छ । पहिलो विषय भनेको अहिले लाखौँ नेपाली नागरिकको अर्बौँ रुपैयाँ सहकारीहरूमा बचत गरिएको थियो । , त्यो नागरिकको बचत गरिएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको छ । अब यो विषय नेपाली कांग्रेसको मात्रै विषय अथवा राजनीतिक दलहरूको मात्रै विषय नभएर यो सहकारीबाट रकम अपचलन, हिनामिना, दुरुपयोग र ठगी हुने विषय सबै नेपाली जनताको चासो, चिन्ता र सरोकारको विषय भइसक्यो भन्ने हामीले ठहर गरेका छौं । र अहिले सरकारीमा जुन बचत गरेको रकम दुरुपयोग, अपचलन, हिनामिना, ठगी हुने काममा नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री माननीय रवि लामिछानेजीको समेत संलग्नता भएको तथ्य पनि तमाम तमाम पर्याप्त तथ्य र प्रमाणहरू देखिसकिएका छन् । त्यसो भएको हुनाले हामीले विगतदेखि नै हामीले २÷३ वटा विषयलाई लिएर पहिलो कुरा सहकारीमा बचत जम्मा गरेका नागरिकहरूको बचतको सुरक्षा गर्ने, त्यसको ग्यारेन्टी गर्ने । जुन बचत हिनामिना, दुरुपयोग, ठगी अपचलन भएको छ । त्यसको छानबिन गर्ने र त्यस्तो अपचलन गर्ने मानिसहरूलाई कारबाही गर्ने र स्वयं माननीय गृहमन्त्रीजीको संलग्नता देखिएको हुनाले यो सबै छानबिन, अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस भन्ने सुनिश्चितताका लागि हामीले संसदीय छानबिन समिति माग गरेका थियौँ । र अहिले पछिल्लो समय देखिएको घटनाक्रम र तथ्यहरूले हामीले जुन संसदीय समितिको माग गरेका थियौ । त्यो थप उचित थियो भन्ने कुरा पुनर्पुष्टि भएको छ । त्यसो भएको हुनाले आज हामीले फेरि सहकारीको रकम अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषयमा स्वतन्त्र, निष्पक्ष, पारदर्शी छानबिनको सुनिश्चितताका लागि हामीले संसदीय छानबिन समितिको पुनः माग गरेका छौं । पहिलो कुरा । अर्को कुरा सरकारले प्रमुख विपक्षलगायत सदनमा विषयमा रहेका राजनीतिक दलहरूले पटक पटक कुरो उठाउँदा पनि नेपाली जनताको यत्रो अर्बै रकम अपचलन भएको, हिनामिना भएको कुरामा सरकार संवेदनशील भएन । सरकार संवेदनहीन भयो । सरकार जिम्मेवार हुन सकेन । सरकार गैर जिम्मेवार भयो । र, पहिलाको सदन पनि अधिवेशन सरकारले असमय, अकारण अन्त्य गरेर सरकार भागेको थियो । अहिले फेरी आजदेखि सदन प्रारम्भ भइरहेको हुनाले हामी सरकारले गरेको गैर जिम्मेवार असंवेदनशील कार्यप्रति हामीले ठहर गरेका छौं । सरकार असंवेदनशील भयो, सरकार गैर जिम्मेवार भयो भनेर हामी सरकारलाई संवेदनशील हुन, जिम्मेवार हुनका लागि आग्रह गर्न चाहन्छौँ । र संसदीय छानबिन समिति गठन गर्नका लागि आग्रह गर्छौँ । तेस्रो विषय, यस बीचमा सरकारले सहकारीबाट अपचलन भएको, हिनामिना भएको रकमको छानबिन गर्नु, गल्ती गर्ने मानिसलाई कारबाही गर्नु र हिनामिना भएको रकम पीडितहरूलाई, बचतकर्ताहरूलाई फिर्ता गर्ने विषयलाई सुनिश्चित गर्नुको साटो संवैधानिक निकाय समेतलाई सहकारीको रकम अपचलन गर्ने विषयमा अनुसन्धान अवरोध गर्नका लागि प्रयोग गरेको छ । एउटा देशमा कानूनी व्यवस्था बनाई राख्नका लागि कुनै पनि अपराधजन्य काममा निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गराउने र त्यो छानबिनको आधारमा अदालतमा मुद्दा अभियोजन गर्नुपर्ने निकायलाई छानबिनमै अवरोध गर्ने गरेर सरकारले जुन प्रयोग गरेको छ । आफ्नो राजनीतिक अनिष्ट पूरा गर्नका लागि सहकारीमा अपचलन गर्ने, ठगी गर्ने, सहकारीको रकम हिनामिना गर्ने र दुरुपयोग गर्ने अपराधी गर्ने मानिसहरूलाई जोगाउनका लागि सरकारले जसरी संवैधानिक निकाय समेतको दुरुपयोग गरेको छ । यसका लागि आजको हाम्रो बैठकले सरकारको यो काममा घोर निन्दा र भर्त्सना गरेको छ । र हामी सरकारलाई चेतावनी दिन चाहन्छौ–हामीले निर्णय गरेका छौं कि राज्यका कुनै पनि अङ्गको यसरी दुरुपयोग गर्ने काम तत्काल बन्द गर्न हामीले सरकारलाई चेतावनी दिने निर्णय गरेका छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ