arrow

लाेकमानसिंह कार्कीलाई राजनीतिक बचावट हुन्न : एमाले सचिव भट्टराई

logo
प्रकाशित २०७३ असोज १ शनिबार
yogesh-bhattarai-600x0.jpg.jpeg
दोलखा । एमाले सचिव एवं पार्टी प्रवक्ता योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई राजनीतिक तहबाट बचावट नहुने बताएका छन् ।  
 
भूकम्पले कागज हरायो भनेर लोकमानले कानुनी उन्मुक्ति नपाउने बताउँदै उनले नेकपा माओवादी केन्द्रका नेतालाई लक्षित गर्दै पूर्वलडाकुका नेताहरुले नाममा २० अर्ब रकम बुझिसकेकाले अब उपरान्त हिनामिना गरेर राजनीतिक भ्रष्टाचार नगर्न आग्रह गरे ।  
भट्टराईले सो रकम राज्यले लेखापरीक्षण गर्नुपर्ने र जनतालाई हरहिसाब सार्वजनिक गर्नुपर्ने पनि बताए । 
 
प्रेस चौतारी नेपाल, दोलखाले गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले एमालेबाहेकले सरकार चलाउन नसक्ने र कमाण्ड गर्नसक्ने तागतसमेत अरु पार्टीमा नरहेको बताए । उनले सरकारलाई एमाले सरकारको पालामा नियुक्ति भएका पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत हटाउनेतर्फ आँखा नलगाउन आग्रह गरे । 
 
सचिव भट्टराईले मधेसमा संविधानको जनमत बढ्न थालेको बताउँदै विनाकारण संविधान संशोधन नहुने बताउँदै अहिले नेपाली काँग्रेस र माओवादी केन्द्रले चाहेबमोजिम संविधान संशोधन नहुने तर्क गरे । उनले संविधान कुन विषय र कुन परिस्थितिमा संशोधन हुने हो, त्यो निक्र्यौल नभएसम्म संविधान संशोधनको विषय एमालेलाई मान्य नहुने धारणा राखे । 
 
अहिले दाहाल भारतलाई संविधान संशोधन गर्न हारगुहार गर्न जानुभन्दा एमालेलाई सहमतिमा ल्याउन लाग्नुपर्ने बताउँदै विदेशमा गएर संविधान संशोधनको कुरा नगर्न पनि आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ