एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया निर्विरोध
रविन्द्र गौतम,
प्रकाशित २०७९ पुष १४ बिहिबार
2.3k
Shares
नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जेएन थपलिया निर्विरोध निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा उनी संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका हुन् ।
बागमतीमा नेकपा एमालेको २७ जना प्रदेशसभा सदस्य रहेका छन् । थपलियाका विरुद्ध एमालेका अन्य कसैको पनि उम्मेदवारी परेको थिएन ।
डोरमणि पौडेल मुख्यमन्त्री रहेका बेला उनको राजनीतिक सल्लाहकारको रुपमा काम गरेका थपलिया आज दलको नेतामा निर्वाचित भएका हुन् ।