arrow

एनसेल मेलामा रमाए पोखरेली र पर्यटकहरु

logo
प्रकाशित २०७३ असोज २ आइतबार
ncell-pokhara-mela.jpg
काठमाडौं। देशको अग्राणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदान प्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा एनसेल मेला भव्यरुपमा आयोजना गरेको छ। 
 
एनसेल मेलामा, पोखरेलीहरुका साथै पर्यटकहरुको उत्साहजनक सहभागिता रहेको थियो। विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधीहरुले भरिपूर्ण एकदिने एनसेल मेला बिहीबार नारायणघाटको नारायणी किनार आयोजना गरिएको थियो। शनिवारको मेला विभिन्न कार्यक्रमहरु सहित साँझ सम्म चलेको थियो र दर्शकहरुले यसको भरपुर मज्जा लिएका थिए। मेलाको मुख्य आकर्षणमा चर्चित कलाकारहरु तथा सांगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु रहेका थिए। 
 
चर्चित कलाकार तथा गायक सुगम पोखरेल, मिलन अमात्य, शिव परियार, एक्स ब्याण्ड तथा लाहुरेले मेलामा आफ्नो उत्कृष्ट गीतहरु गाएका थिए । हाँस्यकलाकार सन्दिप क्षेत्रीले सबैलाई आफ्नो प्रस्तुती मार्फत हँसाए भने कार्टुन्ज क्रु र युभि एन्जल्स्को प्रस्तुतीमा दर्शकहरु मत्रमुग्ध भएका थिए। गायक सुगम पोखरेलको ‘झिल्के’ र ‘प्रेम गीत’, मिलन अमात्यको ‘गाला रातै’ र ‘स्लोली स्लोली’, शिव परियारको ‘क्या दामी भो’ र ‘रुपौली रानी’ जस्ता गीतहरुमा दर्शकहरु आफु पनि गाउँदै नाचेका थिए।
 
एक्स ब्याण्डले आफ्नो लोकप्रिय गीतहरु ‘लुक्न देउ’, ‘एउटा चिठ्ठी’, र ‘चिया बारीमा’ अनि लाउरेले ‘नेपहपको बाटो’, ‘हाउ्डे’ र ‘तितो सत्य’ गाएर दर्शकहरुलाई उत्साहित बनाएका थिए। सबै उमेरका मानिसहरुलाई मनोरन्जन प्रदान गर्नका लागि एनसेल मेलामा विभिन्न गतिविधि तथा कार्यक्रमहरु समावेश गरिएका थिए । गेम स्टलहरुमा विषेशत युवाहरुको भीड देखिन्थ्यो। मेलामा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु राखिएका थिए। थुप्रै गेम स्टलहरुमा आगन्तुकहरुले उपहारहरु पाएका थिए भने किड्स जोनमा रहेको इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन लगायतमा बालबालिकाहरु रमाई रमाई खेलेका थिए। 
 
मेलामा आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधाहरु आकर्षक अफरका साथ लिन पाएका थिए। त्यसैगरी डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विशेष हाईटेक जोनमा दर्शकहरुले चलाएर हेर्न सकिने व्यवस्था मिलाईएको थियो । आगन्तुकहरुको लागि नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको फुड स्टलहरुका साथै दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ जस्ता आकर्षणहरु रहेका थिए।
 
“पर्यटकीय नगरी पोखरामा एनसेल मेला आयोजना गरेर नजिकिदै गरेको चाडपर्वको शुभकामना आदानप्रदान तथा खुशी साटासाट गर्न पाउँदा हामी निकै हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने। “यस मेलाले परिवारजन, आफन्त र साथीभाईसँग साथै रही खुसी साट्न थप उर्जा प्रदान गरेको हामीले विश्वास लिएका छौ।”
 
नारायणघाट र पोखरा पश्चात, एनसेल मेला असोज ३ गते बुटवलमा, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा पुगी आयोजना पश्चात समापन हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ