arrow

डुङ्गा दुर्घटनामा बेपत्ताको खोजी सुरु

logo
प्रकाशित २०७३ असोज २ आइतबार
Sunsari-hamrakura-237x300.jpg.jpeg
इनरुवा। सुनसरीको प्रकाशपुर–५ स्थित सप्तकोसी नदीमा डुङ्गा दुर्घटनामा बेपत्ता भएकाको खोजी आज बिहानदेखि सुरु गरिएको छ।
 
शनिबार श्रीलङ्का टापुबाट यात्रु लिएर आइरहेको डुङ्गा सप्तकोसीमा दुर्घटना हुँदा बेपत्ता भएकाको खोजी आज बिहानैदेखि सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरी खोजी सुरु गरिएको सुनसरीका प्रजिअ मोहन चापागाईंले जानकारी दिए।
 
दुर्घटना भएसँगै ३७ जनाको सकुशल उद्धार गरिए पनि अझै बेपत्ताको सङ्ख्या यकिन हुन सकेको छैन। डुङ्गा दुर्घनामा १५ जनाभन्दा बढी बेपत्ता भएको स्थानीयवासीले भने पनि बढीमा सात जना बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ