arrow

इन्जिनियर्स एशोसिएशनमा लोकतान्त्रिक समूहको एकलौटी, प्रगतिशीलको एक सदस्यमात्रै आउने आँकलन

logo
प्रकाशित २०७३ असोज २ आइतबार
engineers-association-candidate.jpeg
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशनको चुनाव लोकतान्त्रिक समूहले  लगभग एकलौटी जित्ने पक्का भएको छ । 
 
मत गणता अन्तिम अवस्थामा पुग्दा लोकतान्त्रिक समूहले प्रगतिशील समूहसंग हजारको फरक राखेको मतगणनास्थलबाट विश्वराज काफ्लेले जानकारी दिए । 
 
काफ्लेका अनुसार लोकतान्त्रिक समूहले सचिवालय, काउन्सिल, एशोसिएशन र परिषद् सबैमा लगभग एकलौटी नतिजा आउने भएको छ । यद्यपि, एशोसिएशनको १५ जनामा एक जना सदस्य मात्रै प्रगतिशीलको आउने देखिएको उनले जानकारी दिए ।
 
सचिवालयमा १५ (५पदाधिकारी, १० सदस्य), काउन्सिलमा ७, एशोसिएशनमा १५, परिषद्मा ५ जना पदाधिकारी रहने व्यवस्था छ । अध्यक्षको लागि लोकतान्त्रिकका हरेराम श्रेष्ठ र प्रगतीशीलकी सुमित्रा अमात्य चुनावि मैदानमा छन् । त्यस्तै, उपाध्यक्षमा लोकतान्त्रिकका उमाशंकर शाह र प्रगतिशीलका माधव प्रसाद कोइराला छन् ।  
 
महासचिवमा लोकतान्त्रिकका उमेश प्रसाद थानी र प्रगतीशीलका प्रदीप अधिकारी छन् । त्यस्तै, उपमहासचिव पदमा लोकतान्त्रिकका रवि भूषण झा र  प्रगतिशीलबाछ खिमानन्द कँडेल मैदानमा छन् । कोषाध्यक्षमा लोकतान्त्रिकका सुसन बैद्य र प्रगतीशीलका सञ्जिव रोकायले प्रतिस्पर्धा गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ