arrow

वर्ल्डलिङ्कले २१ रुपैँयामा इन्टरनेट जडान गर्ने

logo
प्रकाशित २०७३ असोज २ आइतबार
worldlink-gobinda.jpeg
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिङ्कले आफ्नो २१ औं बार्षिकोत्सवको अवसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने भएको छ । कम्पनी आइतबारले २१ औं बार्षिकोत्सव मनाएको हो ।
 
कम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार, कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै ५ एमविपिएस गतिमा इन्टरनेट उपलब्ध गराउनेछ । कम्पनिले जडान स्थानसम्म चाहिने फाइबर केबल, वाइफाइ राउटर र इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेटअप बक्स निशुल्क प्रदान गर्नेछ । 
 
 त्यस्तै १ बर्षको इन्टरनेट शुल्क तिर्ने ग्राहकले ३ महिनासम्म आइपी टिभी निशुल्क हेर्न पाउने छन् । वाइफाइ राउटर लिन चाहने ग्राहकले भने ३ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । इन्टरनेट सेवा छोड्दा उक्त धरौटी रकम कम्पनीले फिर्ता गर्नेछ ।  
 
 कम्पनीले ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयमा वाइफाइ हटस्पट स्थापना गर्ने निर्णयसमेत गरेको छ । कार्यकारी निर्देशक जालानले जिल्ला प्रशासनमा काम लिएर आउने सेवाग्राहीले उक्त हटस्पटबाट निशुल्क वाइफाइ प्रयोग गर्न पाउने बताए ।
 
वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । नयाँ सेवाका रुपमा कम्पनीले गत सातादेखि आइपी टिभी सुरु गरेको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ