arrow

सप्तकोशीमा डुंगासहित हराएका १० जनाको नाम खुल्यो, न मान्छे भेटिए न डुंगा

logo
प्रकाशित २०७३ असोज २ आइतबार
Sunsari-hamrakura-237x300.jpg.jpeg
सुनसरी । सुनसरीस्थित सप्तकोशीमा पल्टिएको डुंगासहित हराएका १० जनाको नाम खुलेको छ । यद्यपि, उनीहरुको खोजी शनिबार देखि निरन्तर जारि रहयो । तर, कोही सम्पर्कमा आएनन् । 
 
उद्धारमा खटिएका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले भने, ‘आइतबार पनि हामीले साँझ अबेर सम्म खोजी गरेका थियौं । हराएकाहरुबारे कुनै पत्तो लागेन । डुंगा समेत भेटिएन ।’ हराइरहेकाहरुबारे गाउँमा गएर घर घरमा सोधेर प्रहरीले नाम पत्ता लगाएको उनले जानकारी दिए ।  
 
बेपत्ता हुनेमा चार बालिका, पाँच महिला र एक डुंगा ठेकेदार छन् । जसमा महेन्द्रनगर–५ का गोल्छा झाकी ७ वर्षीया छोरी रेखा, २५ वर्षीया बहिनी मीना छन् । सोही स्थानका भीमा झाकी ३ वर्षीया छोरी पुनम, महेन्द्रनगर–४ का पटवारी उरावकी नाम नखुलेकी १४ वर्षीया छोरी पनि हराएकी छन् ।
 
यस्तै, सोही ठाउँकी ४५ वर्षीया पार्वती चन्द्रवंशी, ४० वर्षीया सकुन्तला चन्द्रवंशी, प्रकाशपुर–४ की ३० वर्षीया सीता कविरथ, प्रकाशपुर–५ का गोल्टु चन्द्रवंशीकी १२ बर्षीया छोरी बेपत्ता छन् । यसैगरी ५५ वर्षीया चननदेवी यादव समेत सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । डुंगामा रहेका ठेकेदार तुफानी चन्द्रवंशी पनि बेपत्ता छन् ।शनिबार डुंगा भंगालोमा परेर पल्टिएलगत्तै ३७ जनाको शकुसल उद्दा भएको थियो । 
 
बेपत्ताको खोजीका लागि पाँच टोली मोटरबोट र डुंगा परिचालनभए । प्रनाउ घिमिरेका अनुसार अब जो सम्पर्कमा आउँछन् आइहाल्छन् र बाँकीलाई वेपत्ता घोषित गरिने छ । सुनसरीको प्रकाशपुर ३ र ४ मा पर्ने श्रीलंका टापुबाट कोशी पूर्वको प्रकाशपुर आउने क्रममा शनिबार दिउँसो साढे १२ बजेतिर डुंगा दुर्घटना भएको थियो । 
 
श्रीलंका टापु प्रकाशपुर र महेन्द्रनगरको एक–एकवटा वडा अलग्गिएर बनेको चार हजारभन्दा बढी जनसंख्या रहेको बस्ती हो । त्यहाँका स्थानीय काम गर्न आउने जाने एक मात्र विकल्प डुंगा हो । यद्यपि, भाकलपुर हुँदै प्रकाशपुर आउने बाटो भएपनि लामो र समय लाग्ने भएकाले उनीहरुले डुंगा प्रयोग गर्न नै छरितो हुने बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ