arrow

नेपाललाई जापान र दक्षिण कोरिया जस्तै बनाउने सपना छ: भट्टराई

logo
संगिता कुवँर।
प्रकाशित २०७३ असोज ३ सोमबार
baburam-nrn-japan.jpeg
जापान। प्रवासमा रहेका नेपालीलाई रोजगार खोज्न भन्दा सिर्जना गर्न देशमा लगानी र सिप लिएर फर्कन पुर्व प्रधानमन्त्री एवम नयाँ शक्ती नेपालका संयोजक बाबुराम भट्टाराईले आह्वान गरेका छन्। आईतबार नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरुको भुमिका तथा आवश्यकता" विषयमा एक कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्।
 
कोरीया पछि जापान आईपुगेका भट्टाराईले मुलुकको उच्च पदमा पुगिसकेकोले पदको लोभ नभएको भन्दै पश्चिमा शक्तिको विकासलाई चुनौति दिन सक्षम दक्षिण कोरिया र जापानको विकासको मोडेल हेरेर नेपाल पनि त्यस्तै बनाउने सपना रहेको बताए। 
 
प्रचण्डको भारत भ्रमणबारे केहि बोल्न नचाहेको भन्दै अब कुरा भन्दा काम गरेर देखाउने समय आएकोले अब देश बिकासकोलागी औधोगीक बिकास र लगानी आवश्यक रहेको उनले बताए। 
 
कार्यक्रममा जापानमा रहेका बिभिन्न राजनितिक दलका प्रतिनिधि, ब्यबसायी, नयाँशक्त्ती नेपालका कार्यकर्ताको उपस्थिति रहेको थियो। भट्टराईले शनिबार पत्रकार, एनआरएनए जापान र ब्यवसायीसँग छलफल गरेका थिए। साथै आईतबार दुताबासले आयोजना गरेको कार्यक्रममा पनि सहभागी बनेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ