काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा सरिक भइन्।
नेपाली सैनिक मञ्च, टुडिखेलमा आज बिहान आयोजित सो विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता, सहभागी भएका थिए। रासस