arrow

सरकारले माग सम्बोधनको लिखित खाका दिएपछि डा.केसीले अनसन सारे

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
G-kc-new-press-meet.jpeg
काठमाडौं । स्वास्थ्य क्षेत्रमा रहेको चरम वेथिति अन्त्यका लागि संघर्षरत वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीले सोमबार (असोज ३) देखि थाल्ने भनेको अनसन १० दिनका लागि स्थगित गरेका छन् । 
 
केसीले सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी सरकाले माग पूरा गर्न भन्दै लिखित प्रतिवद्धता जनाएकाले १० दिन सम्म कार्यान्वयन तह हेर्ने भन्दै तत्काललाई अनशन स्थगित गरेको जानकारी गराए ।  
 
आठौं अनशनका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन गर्ने सरकारबाट लिखित प्रतिवद्धता आएको छ, केसीले भने, ‘हालका लागि अनशन स्थगित गरिन्छ ।’ यद्यपि, संघर्ष जारी छ । 
 
आइतबार साँझ बसेको मन्त्रिपरिषद् र त्यसपछि प्रधानमन्त्रीसहित दुई विभागिय मन्त्रीको छलफलले खिलित खाका तय गरेको थियो । सोही अनुरुप प्रधानमन्त्री पुष्पकमल दाहालले डा. केसीलाई खिलित रुपमै जानकारी गराउन भनेको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । 
 
सरकारले संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव छलफल गर्न नमान्नुको कारण माग्दै केसीले गएको भदौ २५ गते नवौं चरणको अनसन सुरु गर्ने चेतावनी दिएका थिए । त्यसपछि प्रधानमन्त्री र स्वास्थ्यमन्त्री निकै सक्रिय भए  । 
 
अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन संसदमा छलफल हुनुपर्ने प्रस्ताव स्वास्थ्यमन्त्री रहेका गगन थापाले नै दर्ता गराएका थिए । सो प्रक्रिया शुरु गर्न व्यवस्थापिका संसदमा १० असोजभित्रै छलफल शुरु हुनुपर्ने पत्रकार सम्मेलनका क्रममा डा. केसीले बताए । 
 
डा. केसीले भने, ‘अहिले सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनाएकोले अनशन एक साताका लागि स्थगित गरेको छु, माग पूरा भएन भने १० असोजदेखि फेरि आमरण अनसन शुरु गर्छु ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ