arrow

धनकुटा अस्पतालको सुविधा थप गरी ५० बेडको बनाउने मन्त्री थापाको प्रतिवद्धता

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
Dhankuta.jpeg
काठमाडौ ।  स्वास्थ्य मन्त्री गगन थापाले धनकुटा अस्पताल ५० शैयाको बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार काठमाण्डौ आईपुगेका धनकुटाका प्रतिनिधि मण्डलसँग्को भेटमा मन्त्रीथापाले उक्त अस्पताललाई सुविधासम्पन्न बनाउँदै ५० शैयाको बनाउने घोषणा गरेका हुन् । 
 
उक्त अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, महाधिवेशन प्रतिनिधि रामकुमारी भण्डारी लगायतको उपस्थिती रहेको थियो । 
 
सो प्रतिनिधिमण्डलले मन्त्री थापालाई भेटी धनकुटा अस्पतालाई २५ बेडबाट बृद्धि गरी ५० बेडको बनाउदै अस्पताललाई विशेषज्ञ डाक्टरहरु सहितको स्रोत र साधन सम्पन्न अस्पताल बनाउन माग गरेका थिए । उनीहरूले धनकुटा जिल्ला अस्पताल, मुढेबास स्वास्थ्य चौकी लगायत स्वास्थ्य संस्थाहरुका भवन बनाउन माग गर्दै माग पत्र पनि पेश गरेका थिए ।
 
स्वास्थ्य मन्त्री थापालाई बुझाइएको माग पत्रमा प्राथमिक स्वास्थ्य चौकीहरु, स्वास्थ्य चौकी, उप स्वास्थ्यचौकीेहरुलाई समेत साधन स्रोत सम्पन्न बनाउनु पर्ने, धनकटा अस्पतालमा साधन स्रोत सम्पन्न प्रसुति कक्ष, डेन्टल कक्ष, शक्तिशालि जेनेटर तथा शोलार व्यवस्था गरिनुपर्ने र रक्त संचार सेवा संचालन गरिनुपर्ने लगायतका मागहरू रहेका छन ।
 
स्वास्थ्य मन्त्री थापाले धनकुटाको माग पत्र बुझ्दै धनकुटालाई ५० बेडको अस्पताल तत्काल बनाई सरकारले संचालन गर्ने सवै स्वास्थ्य संस्थाहरुलाई साधन स्रोत सम्पन्न बनाउदै जनतालाई सर्व–सुलभ सेवा प्रदानगर्ने प्रतिवद्धता व्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ