arrow

सर्वदलीय बैठक: कांग्रेसलाई राष्ट्रपति वा सभामुखको प्रस्तावपछि ओलीले बीचमै बैठक छाडे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
All-party-meet-sarwadaliye.jpg

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको प्रस्ताव गर्दै  एमालेबाहेकको दललाई राष्ट्रपतिको प्रस्ताव गरेपछि बैठक अशान्त भएको थियो। 

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको तर्फबाट कुराकानी राख्दै राष्ट्रिय सहमतिको विषयमा राष्ट्रपति र सभामुख मध्ये एउटा कांग्रेसलाई दिनुपर्ने बताएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ठाडै अस्वीकार गरेपछि बैठक अशान्त भएको थियो । 

त्यसक्रममा बैठकमा सहभागी कांग्रेसका नेताहरूले भट्टराईको कुरालाई समर्थन गरेपछि ओलीले कांग्रेसले थापेको राष्ट्रपति पदको ढोक्सामा केही पनि नपर्ने बताएका थिए । सर्वदलीय बैठकमा डा. भट्टराई, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत र कांग्रेसका नेताहरूले ओलीविरुद्ध एकमतका साथ प्रहार गर्न थालेपछि ओलीले बीचमै बैठक छाडेर हिँडेका थिए । 

बैठकमा ओलीले सात दलीय सत्ता गठबन्धनबीच राष्ट्रपतिदेखि उपसभामुखसम्म कसले लिने भन्ने सहमति बनिसकेको अवस्थामा कांग्रेसले लोभ गरेपछि ओली आक्रोशित भएका थिए । ओलीले कांग्रेसलाई प्रतिपक्षी दलका रूपमा उभिन नसकेको र विश्वासको मत दिएपछि मजदुर किसान पार्टी पो प्रतिपक्षी भएको भन्दै कांग्रेसको हैसियत नै सिद्धिएको बत्ताउँदा कांग्रेस नेताहरूले आपत्ति जनाएका थिए । 

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का रमेश लेखक सहभागी भएका थिए । नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल, एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायत उपस्थित रहेको थियो । 

बैठकमा  प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए । विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बताउँदै प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको बताएको प्रेस संयोजक सूर्य किरणले भने ।  प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को विस्तारपछि सर्वदलीय बैठक बोलाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ