arrow

ओलीले भने- राष्ट्रपति पनि एमालेकै हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
kp-sharma-oli-aggressive.jpg

काठमाडौं । सरकार सञ्चालनको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक  केपी शर्मा ओलीले राष्ट्रपति एमालेकै हुने बताएका छन् । 

सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई निर्वाचित गराएर प्रतिनिधि सभाबाट बाहिरिने क्रममा एमालेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

उनले घुमाउरै पारामा राष्ट्रपतिमा एमालेकै हुने पनि प्रस्टाएका छन् । ओलीले भने , 'राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।' 

सोही क्रममा अध्यक्ष ओलीले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई जवाफ पनि फर्काएका छन् । 

शर्माले संसद्मा संविधानले नचिन्ने उच्चस्तरीय संयन्त्र बनाएर देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास गरिरहेको बताएका थिए । 

ओलीले कांग्रेसले गत सरकारमा संयन्त्र बनाएर अभ्यास सुरु गरेको र आफुले त्यसलाई निरन्तरता दिएको बताए । 

ओलीले प्रबन्धभित्र बाँधिनुलाई पिँजडा ठान्ने कुरा अशुभको सङ्केत भएको बताए । 

सत्ता साझेदार दलबीच एमाले नै राष्ट्रपति पाउने सहमति भएको छ । भने प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेस आफुले पाउनुपर्ने सङ्केत दिँदै आएको छ  ।



नयाँ