arrow

त्रिभुवन विमानस्थलमा यस्तो देखियो कर्नेल कुमार लामाको स्वागत

logo
विवेक खिम्दुङ्ग,
प्रकाशित २०७३ असोज ४ मंगलबार
TIA-Kumar-lama.jpeg
काठमाडौं। नेपाली सेनाका महासेनानी कुमार लामा नेपाल आएका छन्। लामा नेपाल आउने थाहा पाएपछि उनका परिवार तथा सेनाका अधिकारीहरु समेत विमानस्थलमा उनको स्वागत गर्न पुगेका थिए। कर्णेल लामा आफ्नो पत्नीका साथ ३ बजे विमानस्थलको आगमन कक्षमा देखा परे। निकै हतारमा देखिएका लामालाई उनको परिवारका सदस्यहरुले खादा लगाएर स्वागत गरे। लामाले परिवारसँग छोटो कुराकानी गर्दे सामुहिक तस्वीर पनि खिचाए।
 
लामासँग कुरा गर्न खोज्दा उनले कुरा नगर्ने हातले संकेत देखाउँदै लामा विमानस्थलबाट विदा भए। लामा विमानस्थलबाट सीधै सैनिक मुख्यालय जाने उनका पारिवारिक श्रोतले जानकारी दियो। लामालाई लिन सैनिक अधिकारीहरु पनि विमानस्थल पुगेका थिए। यद्यपि सैनिक अधिकारीहरु ‘सिभिल ड्रेस’ मा विमानस्थलमा देखिएका थिए। लामाको सुरक्षामा निकै सतर्कता अपनाइएको थियो। सकेसम्म लामा आफु नेपालमा आइपुगेको कसैलाई थाहाँ नहोस् भन्ने चाहेको जस्तो देखिन्थे। 
 
सुरक्षाकर्मीहरुलाई विमानस्थलको आगमन कक्ष भित्र र बाहिर खटाइएको थियो। परिवारका सदस्यहरुलाई पनि तिनै सुरक्षा अधिकारीहरुले बेलाबेलामा लामा कहाँ आइपुगेको भन्ने अपडेट गराइरहेका थिए। लामा विमानस्थल बाहिर आएपछि परिवारका सदस्यहरुले खादा लगाएर स्वागत गरे। त्यसबेला भने लामा थोरै मुस्कुँराए। यद्धपी निकै हतारमा देखिएका लामा परिवारसँग पनि मज्जाले गफ नगरी सैनिक मुख्यालय हानिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ