arrow

प्रचण्डलाई हेडक्वार्टर सदस्यहरुको प्रश्न–‘लोकमान तपाईकै मान्छे हो, किन हामीलाई बारम्बार लखेटेको ?’

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
mao-baithak-news-lajimpat.jpeg
काठमाडौं । एमाओवादी नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अख्तियारले लखेटिरहेकोबारे कडाईका साथ कुरा राखेका छन् । 
 
केन्द्रीय कार्यालयको मंगलबार लाजिम्पाटमा बसेको बैठमा सहभागि सदस्यहरुले अख्तियार प्रमुख लोकमान सिंह कार्कीले बारम्बार आफुहरुलाई लखेटिरहेकोबारे प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्षसंग दाहालसंग स्पष्टीकरण लिएका हुन् । 
 
पार्टी हेडक्वार्टर सदस्यहरुले बैठकमा कडाईका साथ भने, ‘लोकमान तपाईकै मान्छे हो । तपाईले नै नियुक्त गर्न पहल गर्नु भो । तर, उनले किन हामीलाई बेला–बेला लखेट्छन् । जवाफ दिनुस् ? ।’ जवाफमा दाहालले लडाकुको भरण पोषणको बेरुजुको फाइल महालेखाबाटै ‘क्लोज’ टुंगिसकेको बताए । दाहालको भनाई उदृत गर्दै एक सहयोगिले भने, ‘अध्यक्षले अख्तियारले चाँसो देखाएको फाइल क्लोज भइसक्यो । महालेखाले समेत क्लियर गरिसक्यो । फेरि यो कुरो कहाँबाट आयो ? मै अचम्म परेको छुँ ।’
 
अहिले जतिपनि संवैधानिक आयोगमा नियुक्त भएका व्यत्तिहरु छन् । ती सबैलाई मैले नै ल्याएँ, दाहालले अगाडि सुनाएको ती सहयोगिले थपे, ‘अब भन्नु हुन्छ भने आज प्रधानन्यायधीश हुने सुशीला कार्की जी समेत मेरै पहलमा सर्वोच्चमा न्यायाधीश बनेर आउनु भएको हो ।’ दाहालले गएको वैशाख २१ गतेको संसदीय दलको बैठकमा सर्वोच्चमा आफ्नो मान्छे राख्न नसकिएकोप्रति चिन्ता जनाउँदै दाहाले भनेका थिए, ‘यत्रो संघर्ष गरियो अहिले सम्म एउटा  न्यायाधीशसम्म पनि राख्न सकिएन ।’ दाहाललाई त्यसबेला द्वन्द्वकालिन मुद्दाको डर थियो । 
 
यस्तै, बैठकले भारत भ्रमण फलदायी भएको निष्कर्ष समेत निकाल्यो । मंगलबारको बैठकमा केन्द्रीय कार्यालयका सदस्यहरुले भ्रमणबारे आफ्नो प्रतिक्रिया राखे । 
 
पार्टी प्रवक्ता पम्फा भूषालका अनुसार बैठकले ‘प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच न्यानो सम्बन्ध विकास भएको, नेपाली र भारतीय जनताको सम्बन्धमा थप सुदृढ भएको, भुटान र बंगलादेशमा समेत नेपालले खुल्ला व्यापार गर्ने गरी खुल्ला मार्केटको अवधारणामा पिटिए भएको, भूकम्पको पूनर्निर्माणमा भारतले थप सहयोगको घोषणा गरेको, नेपालको संविधानबारे भारतले सकारात्मक धारणा सार्वजनिक गरेको’ विषयलाई भ्रमणका मूख्य उपलब्धिको रुपमा निष्कर्ष निकालेको छ ।
 
बैठकमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, शक्ति बस्नेत, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, पम्फा भूषाल र दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल सहभागि थिए । अर्को बैठक बुधरबार विहान लाजिम्पाटमै बस्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ