arrow

मौसमको बेइमानी अझै केही दिन लम्बिने

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
mausam.jpeg
काठमाडौं । काठमाडौंसहित मध्य तथा पूर्वी क्षेत्रमा परेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त भएको छ । योक्रम अझै केही दिन लम्बिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
मौसमविद् बरुण पौडेलका अनुसार सामान्यतया सेप्टेम्बर २३ (शुक्रबार) देखि मनसुन सकिने भए पनि अहिले एक हप्ता लम्बिने निश्चित भएको बताए । 
 
पौडेलले काठमाडौंमा बुधबार दिउँसोदेखि मौसममा केही सुधार आए पनि राति फेरि वर्षा हुने बताए । 
 
काठडमौंसंगै मध्यपूर्वी क्षेत्रमा वर्षा भए पनि सुदूरपश्चिमतिरको मौसममा भने सुधार भइसकेको पौडेलले बताए । 
 
वर्षाले गर्दा दैनिकी कष्टकर बन्दै गएको छ । 
 
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार राति सबैभन्दा बढी ओखलढुङ्गामा ८२ मिलिमिटर वर्षा भयो ।
 
त्यस्तै नेपालगञ्जमा ३४, ताप्लेजुङमा ३७, धनकुटामा २८, विराटनगरमा २३, काठमाडौंमा २४ मिलिलिमटर वर्षा भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ