काठमडौं। निराशाजनक सुचकाङ्क तथा यस साताको परिसूचकको आधारमा भोलिको बजारमा थप गिरावट आउनसक्ने आङ्कलन गर्न सकिन्छ । पर्यटक तथा रेमिटेन्सको आगमनसँगै तरलताको अभाव नभए पनि देशको बदलिँदो बजार स्थिति, अन्तर्राष्ट्रिय सम्बन्ध , कोरोना संक्रमाणकाल पछिको देशमा रहेको रोजगारीको समस्या जस्ता अन्य धेरै कारणले गर्दा सामान्य लगानीकर्ता बजार प्रवेश गर्न नसकेको अवस्था छ ।
यही आङ्कलनका बीच सामान्य लगानीकर्ता माघ २८/२९ मा आउने भनिएको मौद्रिक नीतिमा थप फेरबदल हुने तथा विभिन्न प्रावधानहरू परिमार्जित हुने भनी बजारमा फिँजिएको वा फिँजाइएको हल्ला प्रति विश्वस्त नभएर आफ्नो थोरै लगानी पुँजीबजारबाट सुरक्षित गर्न तर्फ अग्रसर भएको बुझ्न सकिन्छ या त मौद्रिक नीतिमा के परिमार्जन हुन्छ भन्ने सुइँको पाएर 'खेलाडी'हरू मौद्रिक नीति आउनु अघि बजार घटाएर थोरै मुल्यमा शेयर खरिद गर्ने मनसायका साथ बजार घटाउन उदृत रहेको हुनसक्छ।
अर्कोतिर मौद्रिक नीतिले थप अङ्कुश लगाउने भयो भनी आफ्नो पुँजी सुरक्षित गर्न आफूले होल्ड गरेको स्टक बेच्न तल्लीन भइरहेको हो भन्ने यकिनका साथ भन्न सकिएको छैन । मौद्रिक नीतिलाई लगानीकर्ताहरूले कुरिरहेको बजारमा स्पष्ट देख्न सकिन्छ । अहिले केहि समय लगानीकर्ता आफ्नो लगानीमा कुनै रिस्क लिन नचाहाने मुडमा रहेको छ ।पुराना लगानीकर्ताहरू हेर्ने र कुर्ने मनस्थितिमा रहेका छन्।
यसैगरि राजनीतिक कारणले पनि बजार स्थिर नभएको बुझ्न सकिन्छ । राष्ट्रीय स्वतन्त्र पार्टीको सरकारमा अबको स्थितिि के हुन्छ र त्यसपछि राजनीतिले कुन मोड लिन्छ भनेर आङ्कलन गर्न नसकेको स्थितिमा लगानीकर्ताहरू बजार पस्न हिच्किचाएको अनुमान पनि गरिएको छ। सरकारको स्थिति कस्तो र के हुने भन्ने एउटा स्पष्ट चित्र नदेखिएकाले बजारमा उत्साहको कमी देखिने अनुमान गरिएको छ।
गत हप्ताको बजार
२९ जनवरी २०२३ आइतबार बिहान ११-०० बजे २१८३ मा कारोबार यात्रा सुरु गरेको नेप्से २१६८.५४ मा १४.६८ वा -०.६७ प्रतिशतको पूर्ण परिवर्तनको साथ र दुई अर्ब त्रियानब्बे करोडको कारोबार मूल्यको साथ ६९लाख नब्बे हजार स्क्रिपको कारोबार गर्दै नकारात्मक सुरुवात गर्यो ।
सारा हप्ता जारी रहेको यस गिरावट २ फेब्रुअरी, २०२३ बिहिबार कारोबार बन्द हुँदै बियरिश प्रवृत्ति हुँदै यस हप्ताको लागि २०९०.१४ मा बन्द भयो । -२२.१२ को निरपेक्ष परिवर्तनको साथ जुन अघिल्लो दिनको -१.०४% परिवर्तन सँगै ५१.६३ लाख शेयर कारोबारबाट २.०६ अर्ब बजार पुँजीकरण गरेको नेप्से कारोबारलाई यो साता झनै तल ल्याएको छ। यस ओराली लाग्दो नेप्से परिसूचकले निश्चित रूपमा धेरै सक्रिय लगानीकर्ताहरूलाई नेपालमा सेयर कारोबारको अबको भविष्य के भन्न सोच्न बाध्य बनाएको छ ।
१ फेब्रुअरी, २०२३ बुधवार ०.२४ % वृद्धिदरका साथ हरियो रहेको नेप्सेले दिनको सुरुवात २१११.६८ बाट गरेको थियो भने ४.९७ निरपेक्ष परिवर्तनका साथ २११६.६६ मा बन्द भएको थियो । झिनो आशा देखाएको यस दिनको नेप्सेको कारोबार सङ्ख्या तथा पुँजीकरण मूल्य यद्यपि पूरै साताको कारोबारको तुलनामा सबैभन्दा न्यून रहेको थियो । अर्थात् आइतबार २ अर्ब ९३ करोड, सोमबार ३ अर्ब २६ करोड, मङ्गलवार २ अर्ब ७९ करोड तथा बिहीबार २ अर्ब ६ करोड को हाराहारी पुँजीकरण मूल्यमा शेयर कारोबार भएको थियो भने बुधवार केवल १ अर्ब ७५ करोड हाराहारीमा शेयर कारोबार भएको थियो ।
नेप्से सूचकाङ्क (NEPSE indeX )
SN
Date
Close
Absolute Change
Percentage Change
Turnover Values
Turnover Volume
Total Transaction
1
2023-02-02
2,094.54
(-22.12)
(-1.04 %)
2,066,890,465.25
5,163,391
39,067
2
2023-02-01
2,116.66
-4.97
(0.24 %)
1,752,165,534.10
4,330,509
36,402
3
2023-01-31
2,111.68
(-15.70)
(-0.74 %)
2,798,318,297.70
6,720,647
53,247
4
2023-01-30
2,127.38
(-41.16)
(-1.90 %)
3,261,784,759.83
7,826,533
56,294
5
2023-01-29
2,168.54
(-14.68)
(-0.67 %)
2,933,248,292.30
6,990,010
50,815
न्यूनतम चुक्ता पुँजी रु २ करोड, १००० भन्दा बढी साधारण शेयरधनी भएको, कम्तीमा लगातार तीन वर्ष नाफा कमाएको, शेयरको पुस्तक मूल्य भन्दा बढी मूल्यमा कारोबार हुँदै आएको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक प्रतिवेदन प्रकाशन गर्ने कम्पनीहरूलाई सम्मिलित गर्दै समूह “क” को श्रेणीमा वर्गीकृत गरेर गणना गरिएको सूचकाङ्क सेन्सेटिभ इन्डेक्स पनि यो साता नकारात्मक देखिएको छ ।
बजारमा उच्च प्रदर्शन गर्दै आएका स्टकहरूको सूचकाङ्क घट्दा यसले दोस्रो पुँजी बजारको आगामी दिन कस्तो हुन्छ भन्ने प्रक्षेपण गर्दै पुँजी बजारले यसलाई विशेष महत्त्वका साथ हेरिरहेको छ ।
संवेदनशील सूचकाङ्क (Sensitive index)
SN
Date
Close
Absolute Change
Percentage Change
Turnover Values
Turnover Volume
Total Transaction
1
2023-02-02
398.37
(-2.80)
(-0.70 %)
634,651,662.30
1,661,291
10,360
2
2023-02-01
401.17
-0.54
(0.14 %)
560,184,804.50
1,420,941
9,297
3
2023-01-31
400.63
(-2.36)
(-0.58 %)
907,977,986.40
2,209,551
13,813
4
2023-01-30
402.99
(-7.33)
(-1.79 %)
1,034,815,873.33
2,499,104
15,152
5
2023-01-29
410.32
(-2.83)
(-0.69 %)
827,038,481.60
2,020,130
12,073
यसै गरी समूह “क” श्रेणीमा वर्गीकृत गरेर सार्वजनिक गरिएका कम्पनीहरूको धितोपत्रहरूको बजार पुँजीकरणलाई जनाउने सूचकाङ्क सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि यस साता नकारात्मक प्रभाव परेको देख्न सकिन्छ ।
“क” श्रेणीमा वर्गीकृत कम्पनीहरूको साधारण सेयरलाई ध्यानमा राख्दै लगानीकर्ताहरूलाई ठुला कम्पनीहरूको वास्तविक बजार स्थिति विश्लेषण गर्न मद्दत गर्ने सूचकाङ्क घट्दा सामान्य सेयर लगानीकर्ताहरू दोस्रो पुँजी बजारको हालको अवस्थामा लगानी गर्ने या नगर्ने भन्ने प्रश्न जाग्ने निश्चित देखिन्छ ।यस हप्ताको संवेदनशील फ्लोट सूचकाङ्क (Sensitive float index)
SN
Date
Close
Absolute Change
Percentage Change
Turnover Values
Turnover Volume
Total Transaction
1
2023-02-02
133.95
(-0.86)
(-0.63 %)
630,225,607.20
1,645,789
10,123
2
2023-02-01
134.81
-0.23
(0.17 %)
556,225,723.40
1,407,171
9,060
3
2023-01-31
134.57
(-0.80)
(-0.59 %)
903,100,653.50
2,192,655
13,464
4
2023-01-30
135.37
(-2.59)
(-1.88 %)
1,024,632,585.13
2,464,565
14,802
5
2023-01-29
137.96
(-0.76)
(-0.55 %)
815,657,011.60
1,982,818
11,579
यो साताको अन्त्यमा नेपालमा सञ्चालित प्रायः सबै क्षेत्रको परिसूचकमा तीव्र गिरावट आएको छ । यस तीव्र गिरावटसँगै बजारमा आगामी दिनको पुँजी बजार प्रति धेरै अन्योल छाएको छ भने धेरै लगानीकर्ताहरू निरुत्साहित बनेका छन् ।