arrow

केपीलाई विश्वप्रकाशको प्रश्नः कांग्रेस फोबियाबाट तपाईं कहिले मुक्त हुने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
bishwaprakash-sharma-congress-member-of-parliament.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसदलाई कसैको पनि कुण्ठा, आक्रोश र गाली व्यक्त गर्ने मञ्च नबनाउन आग्रह गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सहभागी भएपछि नौलो भनुभव गरकेो भन्दै शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनलाई लक्षित गर्दैै संसद कसैको पनि कुण्ठा पोख्ने ठाउँ नबनाउन आग्रह गरेका हुन् । 

उनले समाजिक संजालमा लेखेका छन्, ‘संसद कसैको पनि कुण्ठा, आक्रोश र गाली व्यक्त गर्ने मञ्च नबनाऔं । विचार र विकासको जिम्मेवार बहसको थलो बनाऔं । यो अपील सबैभन्दा बढी मेरा जिल्लावासी कमरेड श्रद्देय @kpsharmaoli लाई ।’

उनले संसदमा आज रहनु नौलो भएको भन्दै अगाडि लेखेका छन्, ‘सत्तारूढ पार्टीको मुख्य नेताले विशेष समय लिएर प्रतिपक्षको चर्को आलोचना गरेको चुनावी भाषण आज संसदमा सुन्नु मेरा लागि नौलो अनुभव रह्यो । पिँजडाको फलामे साङ्लो कसिलो बनाउन जारी प्रयत्नको पक्षमा सुनको बालाको कथाको आरोप भने कमजोर तर्क लाग्यो ।’

नेता शर्माले यसअघिका कांग्रेसका तर्फबाट राष्ट्रपति बनेका डा. रामबरण यादवका बेलामा कांग्रेस प्रतिपक्षमै रहेको भन्दै अहिले पनि कांग्रेसबाटै राष्ट्रपति बन्ने दाबी गरेका छन् । उनले लेखेका छन्, ‘प्रथम राष्ट्रपतिको चुनाव जित्दै गर्दा पनि कांग्रेस प्रतिपक्षमै थियो । अतः बुझ्नेका लागि यो प्रक्रिया लोकतान्त्रिक अभ्यास, नबुझ्नेका लागि ढोक्सा । श्रद्देय कमरेड @kpsharmaoli कांग्रेस फोबियाबाट तपाईं कहिले मुक्त हुने ? विघटनको पक्षमा बोल्ने साहस भने आज राख्नुभएन । धन्यवाद ।’

संसदमा आज केपी शर्मा ओलीले कांग्रेसलाई आरोपमात्र लगाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई कांग्रेसले विश्वासको मत दिएको चित्त नबुझाएका ओलीले कांग्रेसले भाग खोज्नका लागिमात्रै प्रचण्डलाई विश्वासको मत दिएको आरोप लगाए । उनले ठूलो दल कांग्रेसको गैरजिम्मेवारीका कारण आफू देश बनाउन अग्रसर भएको आरोपसमेत लगाए । 

कांग्रेसका यसबीचका गतिविधि बुझिनसक्नुका भएको उनले आरोप लगाए । उनले कांग्रेसलाई पानी बाहिरको माछाजस्तै छट्पटाएको देखिएको पनि आरोप लगाए ।

उक्त आरोप लगाइरहँदा कांग्रेस सभापति शेरबहादुर देउवासँगै विश्वप्रकाश पनि मुसुमुसु हाँसिरहेका थिए । ओलीले कांग्रेसका केही सांसदलाई आफू प्रतिपक्षमा बस्न असहज भएको पनि आरोप लगाए । 

उनले कांग्रेसले सरकारलाई दिएको समर्थन गलत भएकोसमेत बताए । कांग्रेसको यो विषय विश्वासको मत नभएको पनि बताए ।
 



नयाँ