arrow

अग्रीम टिकट बुकिङमा बिहानैदेखि भीड, टिकट दुई सिफ्टमा

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
tikat-Agreem-Bus-Ticket-Kat.jpeg
काठमाडौं । नेपालीहरूको महान पर्व विजयादशमीको लागि अग्रिम टिकट बुकिङको लागि बिहानैदेखि काठमाडौंको बसपार्कमा यात्रुहरूको भीड बढेको छ । देशका विभिन्न स्थानमा पुग्नको लागि अग्रिम टिकट बुकिङ गर्नेहरूको भीड लागेको हो । 
 
टिकट बुकिङको पहिलो दिनको पहिलो दुईघण्टामा नै ५ सय भन्दा बढी मानिसहरूले टिकट काटिसकेको पश्चिम नेपाल वस व्यवसायी संघले जनाएको छ । संघको काठमाडौं शाखा प्रमुख डिल्लीराज खनालले दिएको जानकारी अनुसार अहिले काठमाडौंको नयाँ बसपार्कमा मात्रै १३ वटा काउन्टर मार्फत् टिकट बुकिङईरहेको छ । 
 
गत आईतबार बसेको यातायात व्यवसायी तथा सरकारबीचको वाताएपछि शुक्रबारदेखि अग्रिम टिकट विक्री खुल्ला गर्ने सहमति भएको थियो । संघले दिएको जानकारी अनुसार अहिले लुम्बिनी अञ्चलका विभिन्न जिल्लाहरूलेखि नेपालगञ्जसम्म पुग्ने यात्रुहरू अग्रिम टिकेटकोलागि बढी आउने गरेका छन् । 
 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि आजदेखि सुरू हुने टिकट बुकिङmाई निर्वाध रूपले सञ्चालन गर्नको लागि सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ । महासंघका महासचिव सरोज सिटौलाले हाम्राकुरासँग कुरा गर्दै निर्वाध रूपमा टिकट बुकिङ गर्न सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 
 
दुई सिफ्टमा टिकट बुकिङ
 
यसैबीच व्यवसायीहरूले दुई सिफ्टमा टिकट बुकिङ गर्ने भएका छन् । संघका काठमाडौं शाखा प्रमुख खनालले दिएको जानकारी अनुसार विहान ६ बजेदेखि १० बजेसम्म र दिउँसो १ बजेदेखि ५ बजेसम्म हरेक दिन टिकट बुकिङ गर्ने व्यवसायीहरूको तयारी छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ