arrow

भूकम्प पीडितलाई मेस्सीले साढे तीन मिलियन युरो सहयोग गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
leonel-messi-qatar-world-cup.jpg
तस्बिर – फाइल ।

काठमाडौं । चर्चित फुटबल स्टार लियोनेल मेस्सीले टर्किए र सिरियाका भूकम्प पीडित परिवारका लागि ३.५ मिलियन युरो  सहयोग गर्ने भएका छन् ।  

टर्किए सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाले आफ्नो फाउन्डेसनमार्फत सहायता पठाउन निर्देशन दिएको भक्स न्युजले उल्लेख गरेको छ ।


लियो मेस्सी फाउन्डेसन एउटा पारिवारिक फाउन्डेसन हो, जसले विश्वभरका बालबालिकाको स्वास्थ्य र शिक्षाको ख्याल राख्छ र लियोका जेठा भाइ म्याटियासले युनिसेफ सँगको साझेदारीमा सहयोगका गतिविधिहरू आयोजना गर्छन् ।

उनले सो रकम युनिसेफसँगको सहकार्यमा टर्की र सिरियाका भुकम्प पीडितका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

टर्किए र सिरियामा गएको विनाशकारी भूकम्पले अहिलेसम्म १५ हजारको ज्यान लिएको छ भने विश्व स्वास्थ्य संगठनले सो भुकम्पमा परी २० हजार जनाको ज्यान गएको प्रक्षेपण गरेको छ । 

संसारभरबाट पीडितका लागि सहयोग जाने क्रम जारी छ । 



नयाँ