arrow

प्रचण्डलाई शाहीको मागः कि तत्काल गृहमन्त्री नियुक्त गर्नु हैन भने सबै मन्त्रालय खाली गर्नु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
gyan-bahadur-shahi-jumla-rpp-mp-2079-2022.jpg

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनासहितले देशमा सरकार नभएको आभास गराएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरेका हुन् ।  

देशको शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न गृहमन्त्रालयमै मन्त्री नियुक्त नहुँदा देशमा अराजतक, लुटपाट भएको भन्दै उनले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरे । 

सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने हो भने सबै मन्त्रालय खाली गरे हुने उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ