arrow

टेष्टमा भारतको कब्जा, दक्षिण अफ्रिका रित्तो हात फर्कियो

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
एजेन्सी । भारतले दक्षिण अफ्रिकाविरुद्धको टेष्ट श्रृंखलो ३–० ले कब्जा गरेको छ । दिल्लीमा भएको चौथो तथा अन्तिम टेष्टमा दक्षिण अफ्रिका ३ सय ३७ रनले पराजित भयो । पहिलो र तेस्रो टेष्ट सस्तैमा गुमाएको दक्षिण अफ्रिकाका लागि भारत यात्रा सुखद रहेन । रित्तोहात फर्किएको छ । दोस्रो टेष्ट भने रद्द भएको थियो ।
 
अन्तिम टेष्टमा इतिहासकै खराब प्रदर्शन गरेको दक्षिण अफ्रिकाले पहिलो इनिङ्गमा एक सय २१ रन मात्र बनाउन सक्यो । दोस्रो इनिङ्गमा ४ सय ८१ रनको चुनौती पार गर्नुपर्ने कठिनाई थियो । भारतीय बलर रविचन्द्रन आश्विनको सिकार भएका अधिकांश दक्षिण अफ्रिकी व्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन । दोस्रो इनिङ्गमा मात्र एक सय ४३ रन बनाउन सक्यो ।
 
अजिन्क्या रहाने पहिलो र दोस्रो दुवै इनिङ्गमा चम्किए पछि भारतले उच्च स्कोर बनायो । रहानेले पहिलो इनिङ्गमा एक सय २७ रन बनाउँदा दोस्रो इनिङ्गमा शतक वर्षाए । रहानेकै विष्फोटक व्याटिङ्गले भारत पहिलो तीन सय ३४ रन र दोस्रोमा इनिङ्गमा दुई सय ६७ रन बनाउन सफल भयो । पाहुना दक्षिण अफ्रिका भने टेष्ट इतिहासकै नरोम्रो हार ब्यहोर्न बाध्य भयो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ