arrow

जन्मदिनमा प्रचण्डलाई ओलीको प्रश्न- किन फेरि हिंसाको महिमामण्डन गर्नुपर्‍यो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
kp-sharma-oli-single-final.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाइएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नो जन्मदिनमा ओलीले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।

ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि फेरि किन हिंसाको महिमामण्डन गर्नुपर्‍यो भनी प्रश्न समेत गरेका छन् ।

ओलीले थप भनेका छन् ,' हिंसाको धङधङी के देखिन्छ भने, अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद निर्णय गर्‍यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ ।'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ