arrow

चोकोफन अब नयाँ आकार र प्याकेजिङ्गमा

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
chocofun.jpeg
काठमाडौँ । कन्फेक्स्नरी उत्पादन कम्पनी सुजल फुड्सले चोकोफनलाई नयाँ आकार र प्याकेजिङ्गका साथ बजार प्रवद्न अभियान सुरु गरेको छ ।  चोकोफन नेपाली बजारमा विगत  १७ वर्ष देखि आफ‍्नो स्वाद पस्कदै आएको छ । 
 
 चाकोफनको नयाँ विज्ञापन अभियानमा “हुर्किदैछ नेपाल चोकोफनमा रमाउँदै” भन्ने  सन्देशका दिन खोजीएको कम्पनीले जनाएको छ । साथै, कम्पनीले चोकोफनको स्वादमा मिठो  र आधुनिक प्याकेजिङ्गका साथ प्रस्तुत गरेको जनाएको छ ।
 
कम्पनीले  नयाँ प्याकेजिङ्गमा नयाँ मिठासलाई नयाँ ग्लिटरी डिजाइन तथा अत्याधुनिक टेक्नोलोजीको मेटालिक,  होलोग्राम र्‍यापरका साथ बजारमा ल्याएको छ ।  नयाँ स्टाइलिश र ट्रेण्डी डिजाइनले सबैको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।  “हुर्किदैछ नेपाल चोकोफनमा रमाउँदै” अभियान बालबालिकाहरु प्रति लक्षित गरिएको छ ।
 
चोकोफनले ३ तहको क्रन्ची–क्रिस्पी वेफर, चकलेट क्रिम तथा स्वादिलो बाक्लो चकलेट मार्फत नेपालमा स्वादकापारखीहरुलाई गुणस्तरीय मिठासको प्रस्तुती दिँदै आइरहेको कम्पनीलेर् जारी गरेको विज्ञाप्तीमा जनाइएको छ । 
 
सन् १९९९ मा  ५ रुपैया मूल्यमा आएको चोकोफन नेपालमा बनेको लोकप्रिय चक्लेट मध्ये एक हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ