arrow

बालुवाटारबाट बाहिरिएपछि केपी ओली र माधव नेपालबीच गोप्य वार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
oli-madhav.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच गोप्य वार्ता भइरहेको छ । साँझ ५ बजेदेखि नेकपा एससहित चार दलको बैठकले निरन्तरता पाउने भनिए पनि उक्त बैठकमा नगइ माधव नेपाल केपी ओलीसँग गोप्य वार्तामा बसेको बताइएको छ । 

वार्ता स्थल गोप्य राखिएको छ । यसअघि गत आइतबार चार घण्टासम्म केपी ओली र माधव नेपालबीच महाराजगञ्जको एक घरमा गोप्य वार्ता भएको थियो । केपी ओलीले उक्त वार्तामा पार्टी एकता गर्ने र माधवलाई राष्ट्रपति बनाउने प्रस्ताव गरेका थिए । 

तर त्यसयता विभिन्न चरणमा विभिन्न दलका नेताहरुबीच छलफल चलिरहेको छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ता निष्कर्षविहीन भएपछि ओली बाहिरिएका थिए । 

उनले माधव नेपाललाई सर्वसम्मत बनाउने हो भने आफूहरुले एमालेको उम्मेदवार नउठाउने तर माधव बाहेकको अर्को व्यक्तिलाई समर्थन गरे एमालेले पनि उम्मेदवार उठाउने बताएका थिए । 

त्यसलगत्तै नेपाली कांग्रेसहितका दलका नेताहरु बालुवाटार छिरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ