arrow

देउवालाई चितवन–२ मा उम्मेदवार चयन गर्ने अधिकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
congress-nc-party-office-hq.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसले चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ । शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापित देउवालाई उम्मेदवार चयन गर्ने अधिकार दिएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार उपनिर्वाचनका लागि उम्मेदवार चयनको अधिकार सभापति देउवालाई दिएपछि दल दर्तादेखि अन्य कानूनी पाटो हेर्ने अधिकार आफूले पाएको उनले जानकारी दिए ।

 चितवन–२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि रिक्त सो स्थानमा १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ