जुम्ला । जुम्लाकी क्यान्सर पिडित सन्ध्या शाहीको जीवन वचाउन माग गरिएको छ । जुम्लाका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय मार्फत ध्याकनार्षण पत्र वुझाउदै तत्काल सन्ध्याको उपचार गर्ने वातावरण सृजना गर्न नेपाल सरकारलाई माग गरेका हुन । सन्धालाई भक्तपुर क्यान्सर अस्पतालले निको नहुने भन्दै मृत्यु पुर्जा थमाईसकेको छ । कर्णाली जन्मेकै कारण उपचारको अभाव झेल्नु परेको यथार्थलाई स्मरण गर्दै आगामी दिनमा सन्ध्याको मुहारमा हासो ल्याउन माग गरिएको हो ।
ध्यानकर्षण पत्रमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुच पुग्न नसक्दा क्याम्सर उपचार नभै कलिलै उमेरमा ज्यान गुमाउनु पर्ने अवस्था प्रति दुख व्यक्त गरिएको छ । पटक पटक कर्णालीमा स्वास्थ्य सेवाको सुलभताको लागि सरकारले निर्णय गर्दै आएको छ तर कर्णालीवासीले अकालमै मृत्यु कुर्नु पर्ने अवस्था छुटेको छैन ।
ध्यानाकर्षण पत्रमा भनिएको छ कर्णालीमा सन्ध्या जस्ता कैयन विरामी दैनिक दिन मरिरहेका छन् । यसको तथ्यांक संकलन गरेर औषधी उपचारको प्रवन्ध गरिनु पर्छ । सन्ध्याको उपचारको लागि लामो समय देखि कर्णालीवाट पत्रकारीता गर्दै आएका उनका वुवा नवराज शाहीले घरखेत वेचिसकेका छन् । उनी रेडियो नेपाल र कान्तिपुरमा काम गर्दै आएका थिए ।
प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले अहिले नै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ध्यानकर्षण पत्र पठाईसक्ने वताएका छन । सन्ध्याको उपचार गरेर परिवारवाट लुटिन लागेको खुसी फिर्ता गर्न र कर्णालीमा स्वास्थ्य सेवालाई प्रभावकारी वनाउन पत्रकारहरुले माग गरेका छन । शनिवार मात्रै क्यान्सर पिडित सन्ध्या शाहीले स्वास्थ्यमन्त्री गगन थापालाई स्वास्थ्य क्षेत्रमा मौलाईरहेको वेथितीको वारेमा जानकारी दिन अन्तिम भेट्ने ईच्छा रहेको भन्दै पत्र लेखेकि थिईन ।
सन्ध्या अहिले काठमाण्डौ चाहविल सरस्वती नगरमा वस्दै आएकी छिन । उनले नेपाल तथा भारतका क्यान्सर अस्पतालमा उपचार गराईसकेकि छिन् ।