arrow

फेसबुकमा बालेनले लेखे –मलाई राजीनामा दिन लगाउन खोज्दैछन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
balendra-shah-ktm-mayor.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले आफूलाई राजीनामा दिन दबाब आएको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा आफूलाई राजीनामा दिन लगाउन खोजिएको भन्दै यो देश कहिले पनि नबन्ने प्रतिक्रिया दिएका छन् । 

यही एक लाइनमात्र लेखेका उनले त्यसबारेमा थप स्पष्ट भने पारेका छैनन् । उनले लेखेका छन्, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन ।’ 

उनले लेखेको आधा घण्टाको अवधिमा ३० हजार लाइक, चार हजार छ सय कमेन्ट र दुई हजार छ सय शेयर भइसकेको छ । 

यसबारेमा थप जानकारी लिन खोज्दा भने उनीसँग सम्पर्क हुन सकेन । उनको यो पेज ह्याक भएको आशंकासमेत गरिएको छ । उनले कुनै पनि कमेन्टको जवाफ दिएका छैनन् । 

आखिर उनलाई कसले वाध्य पार्यो त भन्ने प्रश्न खड्किएको छ । यसबारेमा उनले जवाफ दिने नै छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ