arrow

मेयर बालेनको कार्यशैलीको उपमेयर सुनिताले गरिन् आलोचना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
balen-sunita-81-5-18.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर वालेन्द्र साह बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छिन् ।

मंगलबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर डंगोलले बालेनले एकलौटी निर्णय गर्ने गरेको र सिंगो महानगर नै विवादमा परिरहेको भन्दै उनको कार्यशैलीप्रति उनकै अगाडि असन्तुष्टि जनाएकी हुन् । 

कार्यपालिका बैठकमा डंगोलले भनिन्, ‘महानगरले जारी गरेको सूचनामा प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ । प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेपछि महानगरपालिका सबैको निर्णय हो कि होइन भन्ने कुरा आउँछ ।’

यस्तो संवेदनशील विषयमा बोर्ड बैठक बसेर छलफल नगरी मेयरस्तरीय निर्णय भनेर सूचना गएको भन्दै डंगोलले आफूसहित जनप्रतिनिधिहरुले सूचनाबाट नै सो बारेमा जानकारी पाएको बताएकी थिइन् ।

उनले शुरुमा छलफल गरेर निर्णय नगर्दा महानगरका धेरैजसो निर्णय लागू हुन नसकेको र संशोधन गर्नुपरेको बताइन् ।

साथै डंगोलले महानगरको आर्थिक ऐनमा सहमति भएको भन्दा फरक सर्कुलर गरिएको भन्दै आपत्ति जनाएकी छिन् । उनले सो ऐन कार्यसमितिले पारित गरेमा आफूलाई मान्य नहुने बताएकी थिइन् ।
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ