- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ । एमालेले नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेद्धारी दिएलगत्तै एमालेले एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको हो ।
राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले १० पुसको सहमतिलाई पनि आधार बनाएको छ । तर १० पुसको सहमतिमा एकीकृत समाजवादी सहभागी थिएन ।
केही समय अघिसम्म एकीकृत समाजवादीलाई पार्टीको हैसियतमा मान्न तयार नभएको एमालेले अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरी औपचारिक पत्र पठाएको छ ।