arrow

ओलीले भने- एमाले खेदिएको छ

राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सहयोग गर्न अध्यक्ष ओलीको अपिल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
kp-sharma-oli-single-final.jpg

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गर्न अपिल गरेका छन् । राजधानीको एक कार्यक्रममा उनले देशको हितका लागि पनि एमालेलाई मतदान गरिनुपर्ने जिकिर गरे ।

उनले भने, “अहिले राष्ट्रपतिको निर्वाचन आइरहेको छ, मतदान देशका लागि हुनुपर्छ । जनमतले पनि एमाले उम्मेदवारलाई सहयोग गर्नुपर्छ । किनकी एमाले देश, जनता, राष्ट्रिय स्वाधीनता, भौगोलिकताको संवर्द्धनका लागि हो । त्यसैले राष्ट्रपतिको मतदानमा एमालेका उम्मेदवारलाई मतदान गर्न म मतदातालाई आग्रह गर्न चाहन्छु ।”

आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार उम्मेदवारी मनोनयन गरेका छन् । एमाले अध्यक्ष ओलीले अहिले आफ्नो पार्टी देशी र विदेशी प्रतिक्रियावादी शक्तिबाट खेदिएको आरोप लगाए । “अहिले सबभन्दा बढी विदेशी शक्ति र देशभित्रका प्रतिक्रियावादी शक्तिबाट एमाले खेदिएको छ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ