arrow

सरकार छोड्ने ओलीको सङ्केत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
kp-sharma-oli-2079-04-16.jpg

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  प्रचण्ड नेतृत्वको सरकार छाड्ने सङ्केत गरेका छन् । आज एमालेको सचिवालय बैठकमा पुगेका ओलीले  सरकारबाट एमाले बाहिरिएको खबर छिट्टै आउने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको कोटामा मन्त्री बनेकी परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेपछि एमालेको सचिवालय बैठक जारी  छ । बैठकले सरकार छोड्ने वा बस्ने भन्ने बारे निर्णय गर्नेछ ।  

मन्त्री पौड्याल राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन जाँदै थिइन् । तर आइतबार साँझ त्यसतर्फ उड्न लागेको समयमा प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि उनको भ्रमण रोकिएको थियो।

गए राति ईश्वर पोखरेल, शङ्कर पोखरेल र ओलीबीच दुई घण्टा गहन छलफल पछि एमाले सरकार छोड्ने मनस्थितिमा पुगेको हो ।  

राष्ट्रपति निर्वाचन नजिकिएसँगै प्रचण्डले ओलीको साथ छोडेर कांग्रेससहित आठ दल रोजेका छन् । यही फाल्गुन २५ गते राष्ट्रपति निर्वाचन हुँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ