arrow

कुमारवर्ती मन्दिर संरक्षणको पर्खाइमा, आदिमकालका चक्र ढुङ्गा चोरी

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन २० शनिबार
kumarbarti-mandir.jpg

रुपन्देही । शान्तिका प्रतीक सिद्धार्थ गौतम भगवान बुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनी पर्दछ । बुद्धको मावली रुपन्देहीकै कोलिय राज्य देवदह मानिन्छ ।

जहाँ बुद्ध सर्किटका धेरै ऐतिहासिक धार्मिक स्थलहरु छन् । जसको संरक्षण स्थानीय बाट भएको छ भने, सरकारी स्तरबाट हुन नसक्दा कतिपय पुरातात्त्विक स्थलहरु अतिक्रमणमा परेका छन् । कति आदिमकालका महत्त्वपूर्ण ढुङ्गाहरु चोरी भएको पाइएको छ ।

जसको उदाहरण हो, तिलोत्तमा नगरपालिका वडा न-११ मन्द्राहनीमा रहेको कुमारवर्ती मन्दिरका चक्र ढुङ्गा । कुमारवर्तीमा एउटा मन्दिर छ ।  इट्टाले भित्ता लगाइएको एउटा पुरानो कुवा छ । लामा र गोलाकार चक्र भएका ढुङ्गा छन् । जसलाई स्थानीयले सूर्य भगवानको रुपमा पूजा आरधना गर्ने गरेको बताइएको छ ।

बुद्धका अविवाहित ७ वटा सानीआमामध्ये एक कुमारवर्ती रहेको स्थानीयहरुको भनाइ छ । जहाँ देवीको पूजा गरिने स्थानीय दुर्गा नेपालले बताइन् । उनले भनिन्,  'मेरो जन्म यहि ठाउँमा भएको हो । मेरो विवाह अन्यत्र भएपनि म यहि ठाउँमा नै आएर बसेकी छु । मैले जान्दादेखि यो कुमारवर्ती मन्दिर अत्यन्तै शक्तिशाली मानिन्थ्यो, अहिले पनि मान्दै आएका छौं । जसको दैवीय शक्तिले एकपटक यो ठाउँमा पहिले डकैती हुन्थ्यो, डाँकाहरु आउने गर्दथे, एकदिन यो गाउँलाई डाँकाहरुले घेरा हालेर लुटपाट गर्नेगरी आएपछि स्थानीय आत्तिए, रातको समय थियो । भाग्ने स्थिति थिएन्, यो गाउँलाई चारकिल्लामा बाँधिएको छ ।'

स्थानीयहरुले कुमारवर्तीलाई प्राथना गर्दै बचाउन पुकारेको र बाँधिएका किल्लाभन्दा भित्र आउन नसकेर डाँकाहरुबाट यो गाउँ बचेको हो भन्ने कथन सुनाउँदै पछिल्लो समय कुनै निकायबाट यसक्षेत्रको बिकास एवं प्रर्वद्धनका निम्ति चासो नदिदा संरक्षणविहीन जस्तै भएको उनले बताइन्। 

सो स्थानमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजाल, पुरातत्त्व विभागका प्रतिनिधि, पुरातत्त्वविद् उद्धव घिमिरे, लुम्बिनी विकास कोषका पुरातत्त्वविद् बसन्त बिडारी लगायतले अनुगमन गरिसकेको स्थानीय युवा तथा समाजसेवी मोहनलाल ज्ञवालीले बताए ।

उनका अनुसार कुमारवर्ती क्षेत्रको संरक्षण र प्रर्वद्धनमा लुम्बिनी विकास कोषले आफ्नो मातहतमा रहेको ऐतिहासिक धार्मिक स्थलप्रति कुनै ध्यान नदिएकोप्रति आक्रोश व्यक्त गरे ।

उनले लुम्बिनी विकास कोष धार्मिक अस्तित्वलाई जोगाउने भूमिका भन्दा पनि राजनितिक अस्तित्वलाई जोगाउने प्लेट फर्म बनेको जिकिर गरे ।ज्ञवालीले पुरातात्त्विक स्थलको विकास गर्ने नाममा मेसनरी प्रविधि प्रयोग गर्न मनाही रहे पनि लुम्बिनी प्रदेश सरकारबाट प्राप्त बजेटले प्राङ्गण स्थल निर्माण गर्दा जेसीबी लगाइपछि ती ढुङ्गाहरु हराएको जनाए ।

स्थानीय तथा महिला समूहकी रीता पौडेलले पनि यो ठाउँमा रहेको गौरबको ऐतिहासिक स्थलको संरक्षण नहुँदा यसको महत्त्व हराउँदै गएकोमा चिन्ता व्यक्त गरिन् ।

पौडेलले भनिन्, 'हाल हाम्रो स्थानीय महिला समुहले हेर्दै आएका छौं । शिवरात्रीका बेला पूजापाठ गर्छौं । दैनिक दियो बाल्ने पनि गर्छौं । हामीले छोरीको कन्यादान गर्दा छोराले कन्या भित्र्याउँदा सबैभन्दा पहिले यहाँ ल्याएर मात्रै घरमा विविधत कार्यक्रम शुरु हुन्छ । त्यसो नगरे हानिनोक्सानी हुने जनविश्वास छ । सो गाउँलाई कोटहीमाई, बनकुँवा लगायत नामराखी चारकिल्ला बाँधिएको छ ।' 

उसो त सोही मन्दिरसँग जोडिएको एउटा ऐतिहासिक पोखरी पनि छ । पुरातत्त्व विभागले उक्त पोखरीमा उत्खनन् गर्नुपर्ने भएकाले कुनै संरचना बनाउन नहुने जनाउँदै पत्राचार गरे पनि तत्कालीन तिलोत्तमा नगरपालिका पूर्वनगरप्रमुख हाल संघीय सांसद वासुदेव घिमिरेले जबर्जस्त पोखरीभित्र वडा कार्यालय बनाए ।

घिमिरेले कानूनलाई मिचेर दादागिरी शैली देखाउँदै पुरातत्त्व विभागको पत्रलाई समेत लत्याएका थिए । आन्तरिक तथा बाह्य लुम्बिनी आउने विदेशी पर्यटकलाई त्यहाँ भित्र्याउन सके पर्यटकीय स्थलको गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ