arrow

पौडेल राष्ट्रपति बन्ने भएपछि ओलीले भने- नयाँ राष्ट्रपतिले आफ्नो सानो समूहको हित हेर्ने हैन

वर्तमान राष्ट्रपतिको भूमिकालाई अङ्क दिनपरे सय दिन्छु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
kp-sharma-oli-aggressive.jpg

काठमाडौं । नयाँ निर्वाचित हुने राष्ट्रपतिले आफ्नो सानो समूहको हित हेर्ने नहुने नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

सङ्घीय संसद् मतदान केन्द्रमा मतदान गरेपछि पार्टी अध्यक्ष एवं सङ्घीय सांसद ओलीले यस्तो बताएका हुन् ।

उनले भने, 'नयाँ निर्वाचित हुने राष्ट्रपतिले आफ्नो सानो समूहको हित हेर्ने हैन । देशप्रति बफादार भएर काम गर्नुपर्छ ।'

तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

रामचन्द्र पौडेल राष्ट्रपति बन्न पक्का भएसँगै ओलीले यस्तो धारणा राखेका हुन् । पौडेललाई आठ दलको समर्थन रहेको छ ।

ओलीले अघिल्ला दुई राष्ट्रपतिको भूमिकाको प्रशंसासमेत गरे । उनले भने, 'वर्तमान राष्ट्रपतिको भूमिकालाई अङ्क दिनपरे सय दिन्छु । उहाँले राम्रो काम गर्नुभएको छ ।'

उनले थपे, 'अघिल्ला दुई राष्ट्रपतिले आफ्नो कार्यकालमा राम्रो काम गर्नुभयो । अहिलेको व्यवस्था र प्रणालीलाई मन नपराउने र आफ्नो स्वार्थमा लाग्ने समूहले मात्र विरोध गरेका हुन् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ