arrow

शिक्षक सङ्घ झापा जिल्ला अध्यक्षमा दाहाल

logo
युवराज रेग्मी,
प्रकाशित २०७९ फागुन २९ सोमबार
toya-dahal-jhapa.jpg

झापा । नेपाल शिक्षक सङ्घ झापाको अध्यक्षमा तोया दाहाल चयन भएका छन् । सङ्घको नवौँ जिल्ला अधिवेशनबाट दाहाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन । दाहाल नेपाल शिक्षक महासङ्घ झापाको सचिव समेत रहेका छन् ।

नेपाली काँग्रेस निकट शिक्षकहरूको संस्थाका रूपमा रहेको सङ्घको उपाध्यक्षमा कुमार खतिवडा र महिला उपाध्यक्षमा धनकुमारी (लता) खरेल, सचिव देवेन्द्र चन्द्र सिंह राजवंशी, अर्थ सचिव गणेश गिरी चयन भएका छन् । 

 त्यसैगरि पाँच जना सहसचिवमा युवराज कट्टेल, मनकुमारी योङ्हाङ, तुलसा निरौला मैनाली, हरिप्रसाद राजवंशी र रिता निरौला चयन भएको निर्वाचन समिति संयोजक प्रकाश भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार सङ्घको जिल्ला समिति सदस्यहरूमा टङ्कप्रसाद भट्टराई, हरिप्रसाद प्रसाईँ, रुद्रप्रसाद धमला, तेजस्वी पौडेल, देवकी राजवंशी, सिता सिटौला दाहाल र निर्मला पोखरेल चयन भए ।

सङ्घको जिल्ला अधिवेशनले तेजप्रसाद चौलागाई, लिलाप्रसाद भण्डारी, नरहरि न्यौपाने, कृष्णप्रसाद वन, भरत भट्टराई, मेनुका भट्टराई, भुमादेवी आङदम्बे र फूलहेरा खातुनलाई प्रदेश अधिवेशन प्रतिनिधिका रूपमा चयन गरेको छ । 

त्यस्तै सङ्घको सङ्घीय अधिवेशन प्रतिनिधिमा नेत्रप्रसाद खरेल, चित्रकला ओली, रूपक दाहाल, बद्री कार्की, भवानीप्रसाद लुइटेंल, कृष्णमाया रिजाल र अनिता रिजाललाई चयन गरेको छ ।

सङ्घको जिल्ला अधिवेशन उद्घाटन हिजो शनिवार  बिर्तामोडस्थित काँग्रेस जिल्ला पार्टी कार्यालयमा नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ