arrow

आगलागीमा परी एकको मृत्यु, एक गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
fire-final_1618024271.jpeg

महोत्तरी । महोत्तरीको वल्वास्थित परौल टोलमा आगलागी हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही स्थान बस्ने ५० वर्षीया चन्दनदेवी र घाइते हुनेमा ५२ वर्षीय जयकरण यादव रहेको प्रहरीले जनाएको छ ।

स्थानीय रामसागर यादवको घरमा लागेको आगोमा परी  घाइते भएका दुवै जनालाई स्थानीय र प्रहरीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए ।

घाइतेमध्ये चन्दनदेवीको उपचारको क्रममा मृत्यु भएको छ भने जयकरण यादवलाइ थप उपचारको लागी काठमाडौं लगिएको छ ।

रामसागर यादवको घरको भान्सावाट एक्कासी लागेको  आगलागीबाट उन्को झण्डै ८० हजार बरावरको क्षती समेत भएको छ । यादवको भित्र राखेको भाडाकुडा र लत्ताकपडा पुर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ