arrow

पत्रकारमाथि प्रहरीको दुव्र्यवहार

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
saptari-map.jpg.jpeg
सप्तरी । चार जना पत्रकारलाई कुटपिट गरेको दुई हप्ता नबित्दै प्रहरीद्धारा सप्तरीको भारदहमा पुन ः दुई पत्रकार माथी दुरव्यवहार भएको छ ।   सप्तरीको भादहमा मधेश आन्दोलन सम्बन्धी समाचार संकलन गर्न गएका पत्रकार  सुभक कुमार महतो र साक्षी पोष्ट दैनिक सिरहाका सम्पादक संतोष कुमार यादवलाई सस्त्रप्रहरीको टोलीले दुरव्यवहार गरेको छ । 

सस्त्रप्रहरी निरिक्षक अमर सिंह नेपालीको कमाण्डमा डिउटीमा रहेका प्रहरीको तस्वि खिच्ने क्रममा पत्रकार द्धय महतो  र यादवलाई सस्त्र प्रहरीका जवनाहरुले गाली ग्लोज र दुरव्यवहार गर्दै क्यामरा खोसेर तस्विर हटाउन लगाएको स्थानिय प्रत्यक्ष दर्शीहरुले बताएका छन ।  

घटना लगतै पत्रकार संग सम्बन्धीत संघ संस्थाहरुको ध्यान आर्कषन भएको छ । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका उपाध्यक्ष श्रवण कुमार देव र मधेशी पत्रकार समाज नेपाल सप्तरी शाखाका अध्यक्ष शैलेन्द्र कुमार सिंहले घटनालाई छानविन गरी दोषी प्रहरी उपर तत्काल कार्वाहीको माग गरेको छ । यस अघि मंसिर ६ गते सामाचार संकलन गर्न र तस्विर खिँच्न गएका पत्रकार महासंघ सप्तरीका सचिव ओमप्रकाश साह, पार्षद सतीशकुमार दत्त, ग्रीन मधेश दैनिकका परिष कर्ण र सी. एफ.एम.का आशुतोष आनन्द सिंह लाई प्रहरीले लाठी प्रहार गरी घाईते बनाएको थियो भने प्रहरीले विलोचन सप्ताहिकको कार्यालय रहेको नेहाअफसेट प्रेसमा समेत तोडफोड गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ